श्रावण ४, २०८२ आइतबार July 20, 2025

मोबाईलमा भाइरस छ कि छैन यसरी सजिलै पत्ता लगाउनुहोस्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रविधिको दुनियाँमा भाइरस निक्कै ठूलो समस्या हो । फोन ह्याकिङ्ग र मोबाइलबाट व्यक्तिगत डाटाको चोरी एक ठूलो समस्या बनिरहेको छ।

अधिकांशहरुले मोबाईलमा पासवर्ड अटो सेभ गरेर राख्ने गर्नुहुन्छ । त्यो बेला बैक देखि अति गोप्य डाटाहरुपनि चोरी हुने गर्दछन् ।

ह्याकरहरूले भाइरसको माध्यमबाट मानिसहरुको व्यक्तिगत जानकारी चोर्ने गरेका छन्। यसको लागि, ह्याकर्सले एक मोबाइल एपको सहारा लिन्छन् र स्मार्टफोनमा एक भाइरस स्थापित गर्दछ।

आज हामी यहाँ तपाईँलाई कसरी तपाइँको स्मार्टफोनमा भाइरस भए नभएको पत्ता लगाउन सक्नुहुन्छ र यसबाट कसरी बच्न सकिन्छ भन्ने बारेमा जानकारी दिने प्रयास गर्नेछौं ।

फोनमा भाइरस भएको कसरी चिन्ने ?

यदि तपाइँको स्मार्टफोनमा सामान्य काम गरिरहनु भएको बेलामा पनि धेरै तातो हुन थाल्छ भने बुझ्नुहोस् कि स्मार्टफोनमा एक भाइरस एप छ। फोनको डाटा चाँडै सकिन्छ वा फोनको बिल धेरै आउनु पनि फोनको नियन्त्रण ह्याकरहरुसंग पुगेको छ भन्ने संकेत हो।

स्मार्टफोनमा अत्यधिक विज्ञापनका नोटिफिकेसनहरु देखिने गरेका छन भनेपनि तपाइँको उपकरणमा भाइरस छ भन्ने संकेत हो।

यदि स्पाम सन्देशहरु तपाइँको फोनबाट तपाइँको कुनै सम्पर्कमा पठाइएको छ भने यो ठूलो चिन्ताको बिषय हो। यसको अर्थ ह्याकरहरुले यसको माध्यमबाट तपाइँको फोनका साथसाथै अरुको डिभाइसहरुमा भाइरस इन्स्टल गर्ने प्रयास गरिरहेका छन् ।

यी सुझावहरु पालना गर्नुहोस्ः

यदि तपाइँको फोन सुरक्षित रहोस भन्ने चाहानुहुन्छ भने तेस्रो पक्षीय एपहरुलाई बिल्कुल प्रयोग नगर्नुहोस्। यी तेस्रो पक्षीय एपहरुमा यस्ता लिंकहरु हुन्छन् जस मार्फत ह्याकरहरुले तपाइँको व्यक्तिगत जानकारी चोरी गर्न सक्छन्।

ह्याकरहरुबाट बच्न बलियो पासवर्डको उपयोग गर्नुहोस्। बलियो पासवर्ड बनाउनको लागि पासवर्ड बनाउने एपको उपयोग गर्न सक्नुहुन्छ। यस बाहेक, तपाइँ संख्यामा अक्षरहरु मिश्रण गरेर बलियो पासवर्ड बनाउन सक्नुहुन्छ। – एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया