श्रावण ४, २०८२ आइतबार July 20, 2025

राप्रपा महाधिवेशनः केन्द्रीय समिति १९९ सदस्यीय, सात पदाधिकारी निर्वाचनबाटै चुनिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अध्यक्ष मात्रै निर्वाचन प्रक्रियाबाट चुन्ने गरेकोमा ३१ वर्षको इतिहासमा पहिलोपटक अध्यक्षबाहेकका पदाधिकारी पनि महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रियाबाटै चुन्ने भएको छ ।

राप्रपाले बिहीबार पार्टीको विधानमा गरिएको संशोधनलाई केन्द्र्रीय कार्यसम्पादन समितिको बैठकबाटै पारित गर्दै अध्यक्षबाहेकका सात पदाधिकारी निर्वाचन प्रक्रियामार्फत चुन्नेगरी विधानमा व्यवस्था गरेको हो । कार्यसम्पादन समितिबाट पारित विधानअनुसार राप्रपाको केन्द्रीय समिति १ सय ९९ सदस्यीय हुनेछ ।

राप्रपा नेता मोहन श्रेष्ठले संशोधित विधान केन्द्रीय कार्यसम्पादन समितिबाट पारित भएको र पारित विधानअनुसार अध्यक्षसहित सात पदाधिकारी निर्वाचनमार्फत चुन्ने व्यवस्था गरिएको जानकारी दिए । उनका अनुसार संशोधित विधानलाई आगामी महाधिवेशनबाट अनुमोदन गरिने छ भने अनुमोदनपछि यही महाधिवेशनबाट लागू गरिने छ ।

राप्रपाको केन्द्रीय नेतृत्व चयन गर्ने प्रक्रियाका लागि १५ देखि १७ मंसिरसम्म काठमाडौंमा महाधिवेशन हुँदै छ । राप्रपाको बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिबाट पारित विधानको मस्यौदामा केन्द्रीय समितिका अध्यक्ष, एक महिलासहित ३ जना उपाध्यक्ष, एक महिलासहित ३ महामन्त्री निर्वाचनबाट चयन हुने व्यवस्था छ ।

राप्रपा नेता निरञ्जन थापा नेतृत्वको विधान संशोधन सुझाव समितिले तयार गरेको विधान संशोधनको मस्यौदा परिमार्जनसहित पारित गरिएको हो ।

सो विधानअनुसार राप्रपाको केन्द्रीय समितिमा एक जना अध्यक्ष, ६ जना उपाध्यक्ष, ६ महामन्त्री, १ जना कोषाध्यक्ष, प्रवक्ता, सहायक प्रवक्ता, ७ जना सहमहामन्त्री, ७ जना सहायक महामन्त्री र एक जना सहायक कोषाध्यक्षसहित केन्द्रीय सदस्यसमेत गरी १ सय ९९ सदस्यीय कार्यसमिति हुने भएको छ । तर, प्रवक्ता र सहायक प्रवक्ताको संख्या भने उल्लेख छैन ।

केन्द्रीय समितिमा ७५ प्रतिशत अर्थात् १ सय ४९ जना भने निर्वाचन प्रक्रियाबाट चयन हुनेछन् । निर्वाचनबाट चयन हुने केन्द्रीय सदस्यमध्ये ३३ प्रतिशत अर्थात् ४९ जना महिला हुनेछन् भने बाँकी सय जना पुरुष हुनेछन् ।राजधानी दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार