श्रावण ४, २०८२ आइतबार July 20, 2025

एमाले महाधिवेशनः अहिले बिहान ९ बजेदेखि वेलुकी ४ बजेसम्म निर्वाचन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सर्वसम्मत प्रयास असफल भएपछि आइतबार राति अबेर एमालेको १०औं महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । एमाले निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले आइतबार राति निर्वाचन कार्यतालिका सार्वजनिक गरेका हुन् ।

यो समाचार तयार पार्दा निर्वाचन कार्यतालिकाअनुसारको मतदाता नामावली प्रकाशन, नामावलीउपर दाबी विरोध र सुधारको समय सकिएको छ । आइतबार राति ११ बजेका लागि मतदाता नामावली प्रकाशनको समय राखिएको थियो । त्यस्तै, मतदाता नामावलीउपर दाबी, विरोध र सुधारको समय १५ मिनेट राखिएको थियो ।

११ बजेर २० मिनेटपछि ५ मिनेटमा दाबी विरोध र सुधारका लागि परेको सूचना प्रकाशित गर्ने समय छुट्याइएकोमा ५ मिनेटमा दाबी विरोधमाथि छानबिन गरी अन्तिम नामावली प्रकाशित गर्ने समय निर्धारण गरिएको छ ।

राति ११ः३० देखि एक घण्टाको समय उम्मेदवारी दर्ताका लागि दिइएको छ । राति सवा २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका तय गरिएको छ । निर्वाचन भने सोमबार बिहान ९ बजेदेखि ४ बजेसम्म गर्ने भनिएको छ ।राजधानी दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार