श्रावण ४, २०८२ आइतबार July 20, 2025

नेपाल टेलिकमको ‘प्याकेज एक, फाइदा अनेक’ अफरमा के छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल टेलिकमले ‘प्याकेज एक फाइदा अनेक’ अफर ल्याएको छ । यसअन्तर्गत टेलिकमको फाइबर इन्टरनेट जडान गर्दा ग्राहकले एनटीटिभी निःशुल्क प्रयोग गर्न सक्नुका साथै टेलिफोन लाइनमा भ्वाइस कल र मोबाइलमा डेटा निःशुल्क पाउनेछन् ।

यो अफर माघ १ गतेसम्म सञ्चालन हुनेछ । टेलिकमले सञ्चालन गरेका २५, ४० वा ८० एमबीपीएस गतिको इन्टरनेट खरिद गरी यो प्याकेजमा सहभागी हुन सकिनेछ ।

यसअन्तर्गत ग्राहकले एक वर्षका लागि १५ हजार ९८० रूपैयाँमा २५ एमबीपीएस अनलिमिटेड इन्टरनेट खरिद गर्दा १६५ भन्दा बढी च्यानल भएको एनटी टिभी निःशुल्क हेर्न पाउनेछन् ।

त्यस्तै टेलिफोन लाइनमा तीन हजार मिनेट फ्रि कल पाउनेछन् भने एउटा मोबाइलमा १०६ जीबी डेटा पाउनेछन् । यो प्याकेज लिँदा राउटर र सेटटप बक्स पनि निःशुल्क पाउन सकिने जनाइएको छ ।

त्यस्तै यो प्याकेजअन्तर्गत एक वर्षका लागि ४० एमबीपीएस इन्टरनेटको शुल्क १७ हजार १०० रूपैयाँ निर्धारण गरिएको छ भने ८० एमबीपीएस गतिको इन्टरनेटको शुल्क २२ हजार ५०० रूपैयाँ तोकिएको छ । – टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया