श्रावण ४, २०८२ आइतबार July 20, 2025

राप्रपामा कमल थापा हराउ अभियान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १७ मंसिरपछि नयाँ नेतृत्व पाउदैछ । काठमाडौँमा एकता महाधिवेशन यही मंसिर १५ देखि हुँदै गर्दा नेतृत्व लिन हालका अध्यक्षत्रय कमल मापा पशुपतिशमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनीसँगै सांसद राजेन्द्र लिड्दैन अघि बढेका छन् ।

लिङ्देनले गत बिहीबार नेपालगंज उपमहानगरपालिकाका प्रमुख रहेका नेता धवलशमशेर राणाकोसमेत समर्थनमा आफूलाई मैदानमा उतारिसकेका छन् ।

यसअघि राणाले पनि अध्यक्षमा उठ्ने डाबी गर्दै आएका थिए । धवल महामन्त्रीमा लड्न राजी भएका छन् ।

राप्रपाले यसपटक सीधै सक्रिय सदस्यबाट महाधिवेशन प्रतिनिधि चयन गरेर केन्द्रीय नेतृत्व बन्न लागेको हो । यसपटक राप्रपाले विधानमा समेत संशोधन गर्दै सात जना पदाधिकारी महाधिवेशनबाट निर्वाचन प्रक्रियामार्फत बन्न लागेको हो ।

यसअघि अध्यक्ष मात्रै निर्वाचन प्रक्रियाबाट चुनिने गरेको थियो । राप्रपाको महाधिवेशनमा नेतृत्व चयन गर्न ४७ सयको हाराहारीमा प्रतिनिधि काठमाडौं आउने छन् ।

हालसम्म आन्तरिक रूपमा तयारी गरे पनि लिड्दैन बाहेक कसैले पनि उम्मेदवारी घोषणा गरेका छैनन् । लिड्देनले भने उम्मेदवारी घोषणा सभामा धवलशमशेरलाई महामन्त्रीमा उठाइने बताए ।

लिड्देन २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा राप्रपाबाट निर्वाचित एक्ला सांसद हुन् । उनी झापाबाट निर्वाचित भएका थिए। यसैगरी अध्यक्ष जबरा पनि राप्रपाको नेतृत्व हात पार्ने गरी अघि बढेका छन् । उनले राप्रपाका पुरानादेखि नयाँ पुस्ताका सबै तहका नेताहरूलाई आफ्ना निकट नेताहरूमार्फत सम्पर्क गराएर आफ्नो तयारी बारे बताइरहेका छन् ।

जबराले लोहनीको समेत साथ लिने प्रयास गरिरहेको बताइन्छ । जबरा निकट नेता राजेन्द्र गुरुङले उम्मेदवारी बारे अध्यक्ष जबराले आन्तरिक छलफल गरिरहेको जानकारी दिए । यसैगरी

लोहनीलेसमेत अध्यक्षमा उठ्ने गरी छलफल जारी राखेका छन् । उनी पनि सकेसम्म जबरालाईसमेत विश्वासमा लिएर अध्यक्ष बन्ने दाउमा छन् । यसैगरी थापा भने

महाधिवेशनमा सहभागी हुनका लागि ७५३ स्थानीय तहका अध्यक्ष, प्रदेशसभा अध्यक्ष तीन सय ३०, संघीय निर्वाचन क्षेत्रका अध्यक्ष एक सय ६५, जिल्ला अध्यक्ष ७७ अध्यक्षमा आफू दोहोरिनेमा ढुक्क छन् ।

उनी हाल नेतृत्वमा रहेकै कारण जिल्ला जिल्लामा आफ्नो बर्चस्व रहेको भन्दै थप सशक्त बन्ने गरी निकटकाहरूलाई खटाइरहेका छन् ।

राप्रपा महाधिवेशनमा प्रत्येक प्रदेश सभा निर्वाचन क्षेत्रबाट खस आर्य ३. महिला ३, जनजाति १ दलित १ र अल्पसंख्यक समुदायबाट १ गरी नौ जना महाधिवेशन प्रतिनिधि चयन हुने छन् ।

महाधिवेशनमा सहभागी हुनका लागि ७५३ स्थानिय थहका अध्यक्ष प्रदेशसभा अध्यक्ष ३ सय ३०संघिय निर्वाचन क्षेत्रका अध्यक्ष १ सय ६५ जिल्ला अध्यक्ष ७७ जना, प्रदेश अध्यक्ष सात जना स्वतः महाधिवेशन प्रतिनिधि हुनेछन् ।

महाधिवेशनमा सहभागी हुन १५ जना प्रवासबाटसमेत प्रतिनिधि आउने छन् । यी सबै ४५ सयको हाराहारीमा महाधिवेशन प्रतिनिधि केन्द्रीय नेतृत्व चुन्न काठमाडौं आउने छन् ।

नेतृत्वका लागि जसले जस्तोसुकै दाबी गरेको बताइए पनि अन्ततः कमल थापालाई नहटाएसम्म राप्रपाका एजेन्डा पूरा नहुनेमा सबै पुगेको बताईन्छ । उनी सबैभन्दा ठुलो अवशरबादी भएकाले उनलाई हटाएमात्र नेपालमा हिन्दू राष्ट्र कायम गर्न सकिने र राजसंस्था फिर्ता ल्याउन सकिने निचोडमा अन्य नेताहरू पुगेका छन् ।

लिङ्देन भएमात्र थापालाई टक्कर लिन सक्ने दाबीसहित धवलले पहिले नै खुलेर उनको साथ दिए भने अन्य दुई अध्यक्षहरू भने पछिमात्र खुलेर लाग्ने बुझिएको छ ।

थापाले पटक पटक पार्टी नीति विपरीत गणतन्त्रधारी पार्टीहरूसँग मिलेर स्वार्थ लिएको आरोप लाग्दै आएको छ । केही महिना अगाडिमात्रै थापा केपी शर्मा ओली नेतृत्वको सरकारमा जान खुट्टा उचालेका थिए । -जनभावना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार