श्रावण ४, २०८२ आइतबार July 20, 2025

खाेटाङकाे सुर्केमा फाेरजी इन्टरनेट चल्छ तर फाेन चल्दैन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँको आहाले (सुर्के)मा फोन नलाग्ने समस्याले सेवाग्राही हैरान बनेका छन् । आहालेमा रहेकाे नेपाल टेलिकमको टावर सञ्चालनमा आएसँगै सुर्के आसपासमा फोन चल्न छाडेको स्थानीय रमेश राईले बताए ।

गत भदौमा विद्युत जडानसँगै टावर सञ्चालनमा आउँदा फोरजी चल्न थाले पनि फोन भने नलाग्ने भएकाे स्थानीयकाे दुखेसाे छ । विशेषगरी बिहान बेलुका सुर्के आसपास फोन लाग्न छाडेकाे उनीहरूकाे भनाइ छ ।

टेलिकमको टावरमा चढ्छन् स्थानीय 
वर्ष दिनअघि बनेको नेपाल टेलीकमको टावर वरपर लगाइएको घेरा बारामा चाबी नहुँदा कतिपय स्थानीय टावरमा चढ्ने गरेका छन् । विद्युत जडान गरिएपछि टावरमा चढ्ने स्थानीयलाई करेन्ट लाग्ने खतरा जाखिम बढेकाे छ । घुमफिरमा जाने स्थानीय टावरमा चढेर समिता हेर्ने गरेका छन् ।

कतिपय मानिस मादक पदार्थ सेवन गरेर समेत रमाइलाे गर्न टावरमा चढ्ने गरेको स्थानीयले बताए । -न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया