वैशाख १२, २०८१ बुधबार April 24, 2024

एमाले महाधिवेशनबाट को-को निर्वाचित भए (सूचिसहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनमा अधिकांश पदमा निर्विरोध भएको छ । महाधिवेशनमा १ सय ७५ पदाधिकारी तथा सदस्यहरु निर्विरोध निर्वाचित भएका हुन् । यसैगरी केन्द्रीय अनुशासन आयोगमा र केन्द्रीय लेखा आयोगमा २५/२५ जना निर्विरोध निर्वाचित भएका छन् ।

एमालेको केन्द्रीय समिति ३०१ सदस्य रहेको छ । त्यसमा वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शङ्कर पोखरेल र उपमहासचिवमा पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली तथा विष्णुप्रसाद रिमाल निर्विरोध निर्वाचित भएका हुन् ।

यसैगरी प्रदेश नं २ मा खुलातर्फ अरविन्दकुमार सिंह, उपेन्द्र साह, प्रभु साह, राजकुमार लेखी, लिलानाथ श्रेष्ठ र सुमन प्याकुरेल निर्विरोध निर्वाचित एका छन् । प्रदेश नं २ को महिलातर्फ कल्पनाकुमारी कटुवाल र रन्जना सरकार निर्विरोध निर्वाचित भएका एमालेको निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले जानकारी दिए ।

बागमती प्रदेशको खुला सदस्यमा आनन्दप्रसाद पोखरेल, कृष्णबहादुर राई, कैलाशप्रसाद ढुङ्गेल, खेमप्रसाद लोहनी, रामेश्वर रानामगर र सरेश नेपाल निर्विरोध निर्वाचित भएका छन् भने महिलातर्फ पार्वती रावल, पेम्बा लामा र रचना खड्का निर्वाचित भएका छन् ।

गण्डकी प्रदेशको खुल्ला सदस्यमा इन्द्रलाल सापकोटा, जगत विश्वकर्मा, टुकराज सिग्देल, तिलबहादुर महत क्षेत्री, भूपेन्द्रबहादुर थापा र मायानाथ अधिकारी निर्विरोध भएका हुन् । गण्डकी प्रदेशको महिलातर्फ नरदेवी पुनमगर, मीनाकुमारी गुरुङ र सीमाकुमारी क्षेत्री निर्विरोध छानिएका छन् ।

लुम्बिनी प्रदेशको खुला सदस्यमा खेममान खड्का, दिनेश पन्थी, नवीन रोक्का मगर, भूमिश्वर ढकाल, लिला गिरी र हरि रिजाल निर्वाचित हुनुभएको छ भने महिलातर्फ मेनका पोखरेल, सरिता खनाल र साविता अर्याल निर्वाचित भएका छन् । कर्णाली प्रदेशको खुलातर्फ गुलाबजङ्ग शाह, डम्बरबहादुर सिंह, धर्मराज रेग्मी, नगिन्द्र शाही, नीरज आचार्य र विष्णु रिमाल एवं महिलातर्फ तीर्था गौतम, मीना सिंह रखाल र मनमाया ढकाल निर्विरोध निर्वाचित भएका छन् ।

सुदूरपश्चिमको खुला सदस्यमा राजेन्द्रसिंह रावल, अफिलाल ओखेडा, झपडबहादुर बोहोरा, नारदमणि राना, भैरवबहादुर सिंह र लिलाधर भट्ट निर्वाचित भएका छन् भने उपत्यका विशेष खुला सदस्यमा माधव ढुङ्गेल, महिलामा वीनाकुमारी श्रेष्ठ, सम्पर्क समन्वय सदस्य खुलातर्फ नरेन्द्रकुमार श्रेष्ठ र महिलामा कल्पना थापा निर्विरोध भएका छन् ।

यस्तै आदिवासी जनजाति सदस्यमा खुलातर्फ आइन्द्र सुन्दर नेम्वाङ, कमलजङ्ग राई, केशव स्थापित, खगेन्द्र राई, गोकुलप्रसाद घर्तीमगर, जमिन्द्रमान घले, टेकबहादुर बलम्पाकी, डम्बरसिं सम्बाहाम्फे, डा. अजयक्रान्ति शाक्य, दलबहादुर राना, दावा तामाङ, पासाङ शेर्पा, लिलबहादुर थापामगर, विद्यासुन्दर शाक्य, सिपी घर्ती, हरिबहादुर राजवंशी र हरिबहादुर राई निर्विरोध निर्वाचित भएका छन् ।

आदिवासी जनजाति महिलातर्फ अमृता सुब्बा, ईश्वरी घर्ती, उर्मिला थेवे, जुनेलिमाया श्रेष्ठ, टसी स्याङ्बो गुरुङसेनी, तारादेवी राई, सावित्रा राना र सूर्यकुमारी श्रेष्ठ निर्वाचित भएका छन् । मधेशी सदस्य खुलातर्फ कुन्दनप्रसाद कुसवाहा, गङ्गाप्रसाद यादव, मोतिलाल दुगड, जगदिशप्रसाद कुसियैत, पशुपति दयाल शर्मा, प्रभु हजारा, प्रमोदनारायण यादव, राजकुमारप्रसाद गुप्ता, रामचन्द्र मण्डल, रामलाल साह, सरोजकुमार यादव, सुशीलकुमार श्रीवास्तव र हरिनारायण महतो निर्विरोध निर्वाचित भएका छन् ।

मधेशी महिलातर्फ कमलादेवी महतो, जुलीकुमारी महतो, ज्वालाकुमारी साह, रीतादेवी साह, शिला यादव र सरिताकुमारी गिरी निर्वाचित भएका छन् । दलित सदस्यमा महिलातर्फ विष्णुमाया विक, रामरतिदेवी राम, शिवकुमारी गोतमे र सविता रसाइली निर्विरोध निर्वाचित हुनुभएको छ । थारु महिला सदस्यमा गङ्गा चौधरी र मन्जुकुमारी चौधरी निर्वाचित भएका छन् ।

मुस्लिम खुला सदस्यतर्फ तैयव हुसेन मियाँ, महम्मद समिर, महम्मद हारुन हलुवाई र सिराज अहमद फारुकी र मुस्लिम महिलातर्फ साजिदा खातुन सिद्दिकी निर्वाचित भएका छन् । श्रमिक खुला सदस्यमा कमल गौतम, बाबुराम थापा, रमेश बडाल र विनोद श्रेष्ठ तथा महिलातर्फ मञ्जुकुमारी थापामगर र सीता लामा निर्विरोध निर्वाचित भएका छन् । पिछडिएको क्षेत्र महिलातर्फ बदमी क्वारा बुढा निर्वाचित भएका छन् ।

खुला महिला सदस्यमा अम्बिका थापा, इन्दु कडरिया, उषाकिरण तिमिल्सिना, श्रीमाया थकाली, कोमल ओली, गीता अधिकारी, गोमा आचार्य, गौरीकुमारी ओली, जानुका सिङ्खडा, टुका हमाल, डा. शिवमाया तुम्बाहाम्फे, तुलसाकुमारी दाहाल, थममाया थापा, दक्षिणा शाही, दीपा शर्मा र नविना लामा निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरी निरकुमारी कुँवर, निरुदेवी पाल, निर्मला देवकोटा, प्रतीक्षा तिवारी, प्रभा बराल, बालिका गिरी, विमला घिमिरे, बुधनीदेवी महतो, भगवती चौधरी, भगवती न्यौपाने, भारती पाठक, मनकुमारी जिसी, ममता गिरी, मीना उप्रेती, मैनाकुमारी भण्डारी, लक्ष्मी गौतम, लिलाकुमारी भण्डारी, विद्या भट्टराई, वीना राई, विन्दा ढुङ्गाना, विन्दा पाण्डे, शर्मिला कार्की र शान्ता चौधरी निर्विरोध निर्वाचित भएका छन् ।

शान्तिदेवी ढकाल, शोभा ज्ञवाली, सम्झना देवकोटा, सकुन्तला बस्नेत, सरस्वती बस्नेत, सरिता न्यौपाने, सीता गिरी, सीता न्यौपाने, सीता पौडेल, सिर्जना काफ्ले, सीताकुमारी सुन्दास, सुजिता शाक्य, सुनिता बराल र सुशीला नेपाल निर्वाचित भएका छन् ।

अनुशासन आयोगको अध्यक्षमा केशवप्रसाद बडाल, उपाध्यक्षमा नेत्रप्रसाद पन्थी र सचिवमा प्रा डा भरतराज पहारीसहित २२ सदस्य निर्विरोध निर्वाचित हुनुभएको छ । यसैगरी लेखा आयोगको अध्यक्षमा पुष्पराज कँडेल, उपाध्यक्षमा विष्णु पन्थी, सचिवमा शिव अधिकारी र २२ सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया