श्रावण ४, २०८२ आइतबार July 20, 2025

अब साँढे ११ हजारमै डिशहोमको २५ एमबीपीएस इन्टरनेट, डीटीएच र आईपी टिभी पाइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपालको एकमात्र डीटीएच सेवा प्रदायक डिशहोमले ग्राहकका लागि नयाँ योजना सार्वजनिक गरेको छ ।

यसअन्तर्गत ग्राहकले ११ हजार पाँच सय रुपैयाँमा एक वर्षका लागि २५ एमबीपीएसको इन्टरनेटसहित डीटीएच र आईपी टिभी सेवा निःशुल्क पाउनेछन् ।

कम्पनीका जनरल म्यानेजर रमेश सापकोटाका अनुसार यो अफरमा ग्राहकले एन्टेना, सेटटप बक्स, फाइबर, राउटर लगायत डिशहोमको फुल सेट निःशुल्क पाउनेछन् ।

देशैभर फाइबर इन्टरनेट विस्तार गर्ने अभियान सञ्चालन गरिरहेको डिशहोमले डीटीएच, आईपी टिभी र फाइबर इन्टरनेटका लागि कम्बो प्लान ल्याएको हो । -टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया