वैशाख ११, २०८१ मंगलबार April 23, 2024

भक्तपुरको तेलकोटमा भरुवा बन्दुक फेला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः भक्तपुरको तेलकोटमा भरुवा बन्दुक फेला परेको छ । चाँगुनारायण नगरपालिका–६ पसलडाँडास्थित तेलकोट जाने हरिगुरू सडक मार्गको पानी बग्ने ह्युमपाइपभित्र एक थान भरुवा बन्दुक फेला परेको हो ।

बन्दुक कसले कुन प्रयोजनका लागि ल्याएर लुकाएको भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको महानगरिय प्रहरी परिसर भक्तपुरले जनाएको छ । भरुवा बन्दुकबारे स्थानीयवासीले खबर गरेपछि प्रहरी पुगेर अनुसन्धान थालेको परिसरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया