वैशाख ८, २०८१ शनिबार April 20, 2024

क्रिसमसले सम्पूर्ण नेपालीमा सद्भाव, एकता र भ्रातृत्व कायम गर्ने उपराष्ट्रपतिको विश्वास

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः उपराष्ट्रपति नन्दबहादुर पुनले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि सु–स्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।

इसाई धर्मावलम्बीको महान् पर्व ‘क्रिसमस डे’का अवसरमा आज शुभकामना दिँदै उहाँले यस पावन पर्वले सम्पूर्ण नेपालीका बीच आपासी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने अपेक्षा राख्नुभएको छ ।

धर्मनिरपेक्ष राष्ट्र नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहसांस्कृतिक एवं भौगोलिक विविधतायुक्त मुलुक भएको उल्लेख गर्दै उहाँले धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन महत्वपूर्ण योगदान दिँदै आएका स्मरण गर्नुभएको छ ।

पछिल्लो समय धार्मिक तथा सांस्कृतिक चाड पर्व मनाउने क्रममा विकृति पनि देखा पर्न थालेकामा चिन्ता व्यक्त गर्दै उहाँले विकृतिलाई रोक्दै भड्किलो हुन नदिन र कमभन्दा कम खर्चमा चाड पर्व मनाउन अनुरोध गर्नुभएको छ ।

विश्वमा पुनःफैलिरहेको विश्वव्यापी महामारी कोभिड–१९ नेपालमा पनि थप फैलनसक्ने विज्ञले चेतावनी दिइरहेको उल्लेख गर्दै उपराष्ट्रपतिले विज्ञको सुझावलाई ध्यान दिन र स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेर मात्रै क्रिसमस मनाउन आग्रह गर्नुभएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चैतसम्ममा ४ खर्ब ८० अर्ब वैदेशिक लगानी प्रतिबद्धता
२०८१ वैशाख ८, शनिबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
२०८१ वैशाख ८, शनिबार
नागेल्सम्यान २०२६ को विश्वकपसम्म जर्मनीको प्रशिक्षक रहने
२०८१ वैशाख ८, शनिबार
प्रतिपक्षले बहिष्कार गरेपछि गण्डकी प्रदेश सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित
२०८१ वैशाख ७, शुक्रबार
गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संबैधानिक काम गरे : काँग्रेस
२०८१ वैशाख ७, शुक्रबार
काठमाण्डौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?
२०८१ वैशाख ७, शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुन जेल चलान
२०८१ वैशाख ७, शुक्रबार