श्रावण ३, २०८२ शनिबार July 19, 2025

बाबुरामले एमसीसीको जिम्मा लिएको देख्दा हामी हेरेको हेरै भयौँ : प्रचण्ड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाैंः  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीको विषयमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लिएको अडानले आफूहरु छक्क परेकाे  बताएका छन् ।

सम्पादकहरुसँगको अन्तरक्रियामा अध्यक्ष प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसीसी पारित गर्नुपर्ने सन्भर्दमा डा. भट्टराईले लिएको अडानले आफूहरु आश्चर्यचकित भएको बताएका हुन् ।

सर्वदलीय बैठकमा समेत भट्टराईले एमसीसी आफ्नै पालामा अघि बढेको र पास गर्नुपर्छ भनेर अडान लिएको बताए । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री भट्टराईले एमसीसी पास गर्नैपर्ने जिम्मेवारी लिएको देख्दा आफूहरु हेरेकै हेरै भएको टिप्प्णी पनि गरे ।

‘ उहाँ (बाबुराम भट्टराई) ले सर्वदलीय बैठकमा एमसीसी मेरै पालामा अघि बढेको हो र पास गर्नेपर्छ भनेर जिम्मेवारी लिएको देख्दा हामी त हेरेको हेरै भयौँ । बाबुराम जीले किन एमसीसीको स्वामित्व लिन खोज्नुभएको बुझ्न सकिएको छैन् ।’ प्रचण्डले भने ।

माओवादी केन्द्र एमसीसीको विरोधि नभएको उल्लेख गर्दै अध्यक्ष दाहालले जनताले नै बहस चालेको हुनाले संशोधन नगरी पास गर्न नहुने पक्षमा रहेको बताए ।

उनले भने – माओवादी एमसीसीको विरोधी होइन तर जनताले नै बहस चाहेको हुनाले संशोधन गर्नुपर्ने विषय संशोधन गरेर अगाडी बढ्नुपर्छ । तीन सदस्यीय टोलीले अहिले अध्ययन गरिरहेको छ । आएको सुझाव अनुसार नै अगाडी बढ्छ।-राजधानी दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेस प्रदेशको चार सय ४२ हेक्टर वन अतिक्रमण मुक्त
२०८२ श्रावण ३, शनिबार
नेसपा (नयाँ शक्ति)ले पाँच महिने प्रशंसा अभियान चलाउने
२०८२ श्रावण ३, शनिबार
अमेरिकाद्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार
२०८२ श्रावण ३, शनिबार
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छः उपप्रधानमन्त्री प्रकाशमान सिंह (अन्तवार्ता)
२०८२ श्रावण ३, शनिबार
चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माण : प्रधानमन्त्री
२०८२ श्रावण ३, शनिबार
काभ्रेपलाञ्चोकमा बस दुर्घटना, २३ यात्रु घाइते (सूचीसहित)
२०८२ श्रावण ३, शनिबार
एमाले पोलिटब्युरो बैठक ललितपुरमा सुरु
२०८२ श्रावण ३, शनिबार