श्रावण ३, २०८२ शनिबार July 19, 2025

पुसभित्र दुईतिहाइलाई खोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः कोभिड–१९ विरुद्ध लड्न खोपलाई प्राथमिकता दिँदै आएको नेपालले हालसम्म दुई करोड १२ लाख मात्रा खोप लगाइसकेको छ । तीमध्ये पहिलो मात्राको खोप लगाउनेको सङ्ख्या एक करोड ३३ लाख ९९ हजार ६०७ छ भने पूर्ण खोप प्राप्त गर्नेको सङ्ख्या ९४ लाख ५० हजार रहेको छ । नेपालले गत माघदेखि खोप लगाउन थालेको हो ।

एक वर्षमा नेपालले विश्व बजारमा आएका छवटा खोप प्रयोग गरिसकेको छ । कोभिसिल्ड, एस्ट्राजेनिका, भेरोसेल साइनोफार्म, जोन्सन एन्ड जोन्सन, फाइजर बायोन्टेक र मोडर्ना प्रयोग गरिएको छ । १८ वर्षभन्दा माथिको उमेर समूहलाई यसअघि लगाइसकिएको छ भने १२ देखि १८ वर्ष उमेर समूहलाई यही पुस ४ गतेबाट खोप अभियान सुरु गरिएको छ । सो समूहकालाई फाइजर बायोन्टेक र मोडर्ना खोप लगाउन थालिएको छ ।

यी खोप हालसम्म तीन करोड ३२ लाख ९० हजार ३३० मात्रा आइसकेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले सरकारले एक करोड २० लाख खोप खरिद गरेको र बाँकी खोप कोभ्याक्स सुविधा, विभिन्न मुलुकबाट सहयोगका रूपमा प्राप्त भएको बताउनुभयो । उहाँले सबै नेपालीलाई आगामी चैत मसान्तसम्ममा खोप लगाउने काम सम्पन्न गर्न सरकारले थप खोप खरिद प्रक्रिया अघि बढाइरहेको छ भने विभिन्न मुलुकसँग खोप सहयोगका लागि पहल गरिएको बताउनुभयो ।

सरकारले विभिन्न स्थानमा रहेको खोप भण्डारमा करिब ६८ लाख खोप सुरक्षित रहेको बताएको छ । यही पुस महिनासम्म १८ वर्षभन्दा माथिको ६६ प्रतिशत जनसङ्ख्या र चैत महिनासम्म सबैलाई खोप लगाइसक्ने लक्ष्यसाथ सरकारले काम गरिरहेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले यो लक्ष्य हासिल गर्न प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिसँग सहयोग, समन्वयका लागि आग्रह गर्नुभएको छ । सबै प्रदेशका मुख्यमन्त्रीसँग बैठक गरेर कोरोनाबाट नागरिकलाई बचाउन खोप अभियान प्रभावकारी रूपमा सञ्चालन गर्न प्रदेश सरकार तथा स्थानीय तहलाई आवश्यक आर्थिक र जनशक्ति उपलब्ध गराउन केन्द्रीय सरकारका अर्थ र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिइसक्नुभएको छ ।-गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेस प्रदेशको चार सय ४२ हेक्टर वन अतिक्रमण मुक्त
२०८२ श्रावण ३, शनिबार
नेसपा (नयाँ शक्ति)ले पाँच महिने प्रशंसा अभियान चलाउने
२०८२ श्रावण ३, शनिबार
अमेरिकाद्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार
२०८२ श्रावण ३, शनिबार
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छः उपप्रधानमन्त्री प्रकाशमान सिंह (अन्तवार्ता)
२०८२ श्रावण ३, शनिबार
चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माण : प्रधानमन्त्री
२०८२ श्रावण ३, शनिबार
काभ्रेपलाञ्चोकमा बस दुर्घटना, २३ यात्रु घाइते (सूचीसहित)
२०८२ श्रावण ३, शनिबार
एमाले पोलिटब्युरो बैठक ललितपुरमा सुरु
२०८२ श्रावण ३, शनिबार