श्रावण ४, २०८२ आइतबार July 20, 2025

एफटीटीएच आएसँगै बढ्न थाल्यो टेलिकमको ल्यान्डलाइन प्रयोग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः पछिल्ला केही वर्ष यता लगातार रुपमा घट्दै गएको नेपाल टेलिकमको ल्यान्डलाइन सेवाको बजार फाइबर टु दि होम (एफटीटीएच) सेवा विस्तार हुन  थालेसँगै सुधार हुन थालेको छ ।

कम्पनीको एफटीटीएच भ्वाइस सेवा (फाइबरलाइनमा फिक्सलाइन अर्थात ल्यान्डलाइन टेलिफोन) प्रयोग गर्नेको सङ्ख्या मात्रै करिब एक लाख ६४ हजार पुगेको हो ।

मोबाइल सेवाको लोकप्रियता बढ्दै गएसँगै पछिल्ला तीन वर्षमा टेलिकमको फिक्सलाइन टेलिफोन सेवाका ग्राहक घट्दै गएका थिए । टेलिकमको फिक्स टेलिफोन सेवा (पीएसटीएन, डब्लूएलएल, भी-स्याट र फाइबर) मा २०७४ कात्तिकमा ८ लाख ५७ हजार १६९ ग्राहक रहेकोमा गत वर्षको कात्तिकसम्म घटेर ७ लाख ४० हजार ९७२ मा सीमित भएको थिए ।

तर कम्पनीले एउटै अप्टिकल फाइबरमा उच्च गतिको इन्टरनेटसँगै फिक्स टेलिफोन सेवा समेत दिन थालेपछि कम्पनीको फिक्स टेलिफोन सेवा प्रयोग गर्ने ग्राहक बढेका हुन् । यस वर्षको कात्तिकसम्म आइपुग्दा टेलिकमको फिक्स भ्वाइस सेवा प्रयोग गर्ने ग्राहक सङ्ख्या ८ लाख १७ हजार ५७३ पुगेका छन् ।

फिक्स टेलिफोन सेवाअन्तर्गत एफटीटीएच बाहेक पीएसटीएन, डब्लूएलएल र भी-स्याट सबैमा ग्राहक घट्दै गएका छन् । हाल टेलिकमले एउटै फाइबर मार्फत इन्टरनेट, टेलिफोन र आईपीटिभी सेवा उपलब्ध गराउँदै आएको छ  । -टेकपाना

फिक्स भ्वाइस सेवा २०७४ कात्तिक २०७५ कात्तिक २०७६ कात्तिक २०७७ कात्तिक २०७८ कात्तिक
पीएसटीएन ६,८९,५८९ ६,७८,०५९ ६,७६,२०६ ६,२२,२५५ ५,३६,०२२
डब्लूएलएल १,२१,०३१ १,२०,६७३ १,१९,०९२ १,१८,१३६ १,१७,५३०
एफटीटीएच १,६३,९३५
भी-स्याट ५८१ ५८१ ५८१ ८६
जम्मा ८,५७,१६९ ८,५२,४३३ ७,९५,८७९ ७,४०,९७२ ८,१७,५७३

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया