श्रावण ४, २०८२ आइतबार July 20, 2025

माओवादी महाधिवेशनः कार्यकारी पदमा दुईपटक मात्र र ७० वर्षे उमेरहदको सुझाव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का नेताहरूले ७० वर्ष पुगेपछि सक्रिय राजनीतिबाट बिदा लिनुपर्ने र कार्यकारी पदमा एकै व्यक्ति दुईपटक बढी बस्न नपाउने विषय जोडदार रूपले उठाएका छन् ।

माओवादी केन्द्रको आठौं महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको राजनीतिक प्रतिवेदन र नेता देव गुरुङले पेस गरेको विधान संशोधनमा प्रस्तावमा समूहगत छलफलपश्चात् सुझाव दिँदै नेताहरूले यस्तो विषय उठाएका हुन् ।

दस्तावेजमा विभिन्न २५ समूहमा छलफल भएको थियो । त्यसमध्ये बुधबार ११ समूहले समूहगत छलफलको सुझाव पेस गर्दै कार्यकारी पदमा दुईपटक बढी बस्न नपाइने व्यवस्थासमेत विधानमा गर्नुपर्ने सुझाव दिएका छन् ।

यस्तै, प्रचण्डपथलाई प्रचण्ड विचारधाराका रूपमा विकसित गरिनुपर्ने सुझाव आएको छ । माओवादी केन्द्रका नेता मुकेश साहले प्रचण्डपथलाई प्रचण्ड विचारधाराका रूपमा विकसित गर्नुपर्ने सुझाव आएको बताए ।

यस्तै, कार्यकारी पदमा एकै व्यक्ति दुईपटक बढी बस्न नपाउने, ७० वर्षे उमेरहद विधानमै समेटिनुपर्ने, आरक्षणका नाममा अयोग्य नेतालाई नेतृत्वमा ल्याउन नहुने, नेताका छोराछोरीलाई सरकारी स्कुलमा पढाइनुपर्ने, भ्रष्टलाई कारबाही गर्नुपर्ने, कार्यकर्ताको मूल्यांकनका लागि वैज्ञानिक विधि अवलम्बन गरिनुपर्ने, समाजवादमा पुग्ने आधारलाई थप प्रस्ट पारिनुपर्ने, चीन र भारतबीचको सम्बन्ध’bout थप व्याख्या गर्नुपर्ने, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन’bout स्पष्ट पार्नुपर्ने, एमसीसी खारेज गर्नेजस्ता सुझाव विभिन्न समूहबाट आएको साहले बताए ।

माओवादी नेता रामनारायण बिडारी, सत्यनारायण भगत, टंक राई, गायत्री गुरुङ, मनऋषि धिताल, अजम्बर काङबाङ, सरल सहयात्री, गीता पनेरु, हर्कबहादुर नेम्वाङ, मीनबहादुर कुँवर र विमला केसीले समूहगत छलफलबाट आएका सुझाव पेस गरेका छन् । बाँकी अन्य समूहहरूको सुझाव बिहीबारको बन्द सत्रमा पेस हुने कार्यक्रम रहेको माओवादी नेता हसनजान अन्सारीले बताए । आजको राजधानी दैनिकमा समाचार छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार