श्रावण ३, २०८२ शनिबार July 19, 2025

ललिता निवासको १४३ रोपनी हिनामिना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : बालुवाटारस्थित ललिता निवासको १ सय ४३ रोपनी जग्गा हिनामिना भएको छ। यही निश्कर्षसहित प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मुद्दा चलाउने तयारी गरेको छ। यसबारे ब्युरोको टोलीले तीन वर्ष अनुसन्धान गरेको थियो।

त्यस क्रममा १ सय ३६ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको पाइएको ब्युरोका प्रवक्ता श्यामकुमार महतोले बताए। यस्तै, बाटो बनाउने नाममा सात रोपनी हिनामिना भएको अनुसन्धानले देखाएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ सय ३६ रोपनीभन्दा बढी हिनामिना भएको भन्दै विशेष अदालतमा मुद्दा चलाएको थियो। शारदाप्रसाद त्रिताल नेतृत्वको छानबिन समितिले २ सय ९९ रोपनी जग्गा जफत भएको हो कि होइन भनेर अध्ययन गरेको थियो। जसमा सरकारले १४ रोपनी ११ आना मात्रै जफत गरेको समितिको निष्कर्ष थियो।

किर्ते गरी चारपटक व्यक्तिका नाममा दर्ता गरेको पाइएको अनुसन्धानले देखाएको छ। २०४९, २०६२, २०६७ र २०६९ मा भएका किर्तेविरुद्ध छुट्टाछुट्टै चार मुद्दा अघि बढाउने तयारी रहेको प्रवक्ता महतोले बताए। ब्युरोले मुख्य योजनाकार भनिएका रामकुमार सुवेदी र उनकी पत्नी माधवी सुवेदीलाई पुस ६ गते पक्राउ गरी अनुसन्धान गरिरहेको हो। अन्य आरोपितलाई प्रहरीले नियन्त्रणमा लिएको छैन।

यो प्रकरणको हदम्याद पुस २७ मा सकिँदै छ। प्रहरीले अब १०–१२ दिनभित्र अनुसन्धान प्रतिवेदन तयार गर्नुपर्ने हुन्छ। त्यो अध्ययन गर्न सरकारी वकिलको कार्यालयलाई तीन दिन चाहिने जनाइएको छ।

ब्युरोले हदम्यादभन्दा ५–७ दिनअघि नै सरकारी वकिल कार्यालयमा प्रतिवेदन दिने तयारी गरेको छ। अनुसन्धान अझै नसकिएकाले कति व्यक्तिविरुद्ध मुद्दा दायर हुन्छ भन्ने यकिन नभएको महतोको भनाइ छ। प्रहरी नायब उपरीक्षकहरू कुमार मैनाली, सुकदेव खनाल, रविनबाबु रेग्मी र मदनजित महराले यो मुद्दाको अनुसन्धान गरिरहेका छन्।

४ सय जनाविरुद्ध अनुसन्धान गरेकामा १ सय ५० आरोपितविरुद्ध मुद्दा दर्ता हुने सम्भावना रहेको स्रोतले बताएको छ। ‘अझै अनुसन्धान सकिएको छैन। बयान लिने काम भइरहेको छ। त्यसैले संख्या यकिन भएको छैन’, महतोले भने, ‘लहरो तान्दा पहरो जाने अवस्था छ।’यो समाचारअन्नपूर्ण पोस्टमा छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार