श्रावण ३, २०८२ शनिबार July 19, 2025

विजेता भलिबल टोलीकाे भव्य स्वागत, मन्त्री गहतराज विमानस्थलमै पुगे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः दाेस्राे पटक पनि एभीसी सेन्ट्रल जोन भलिबलको ऐतिहासिक सफलता हासिल गरेको नेपाली महिला भलिबल टोलीलाई स्वागत गर्न युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज अन्तराष्ट्रिय विमानस्थलमा पुगेका छन् ।

ढाकाबाट भर्खरै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल झरेको टोलीलाई स्वागत गर्न मन्त्री गहतराजसहि नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा, उपाध्यक्ष निरोज मास्केकाे टोली पुगेको छ । नेपाली महिला भलिबल टोलीले यसअघि सन् २०१९ मा पनि सेन्ट्रल जोन भलिबलको उपाधि जितेको थियाे ।

विमानस्थलबाट खेलाडी तथा अफिसियललाई फूलमालाले सजिएको गाडीमा नगरपरिक्रमा गराउँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिषसरमा दिउँसो १ बजे भव्य स्वागत तथा सम्मान गरिएकाे छ । विमानस्थलमा पनि उनीहरूकाे स्वगतमा नेपाली परम्परागत, नेवारी बाजासहित भलिबल संघ पदाधिकारी, खेलाडी, प्रशिक्षक तथा खेलकर्मीको बाक्लो उपस्थित थियाे ।

विमानस्थलमा स्वागत गर्दै मन्त्री गहतराजले खेलाडीलाई बधाई दिँदै अर्काे प्रतियोगिताको लागि तयार भएर बस्न आग्रह गरे । बंगलादेशको ढाकामा सम्पन्न प्रतियोगिताको फाइनलमा नेपालले उज्वेकिस्तानलाई ३-२ को सेटमा हराएर दोस्रो पटक उपाधि भित्राएको हो ।

साविक विजेता नेपालले यसअघि बंगलादेशमै सम्पन्न पहिलो संस्करणको फाइनलमा माल्दिभ्सलाई सोझो सेटमा हराएर पहिलो पटक उपाधि हात पारेको थियो । हिजो (बुधबार) मात्रै मन्त्रीपरिषद्को बैठकले विजेता खेलाडीलाई पाँच, प्रशिक्षकलाई तीन र अफिसियललाई दुई लाख नगद दिने निर्णय गरेकाे थियाे । राजधानीबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार