श्रावण ३, २०८२ शनिबार July 19, 2025

सावधानी अपनाउ फैलिँदै ओमिक्रोन भेरियन्ट, तेस्रो लहरको खतरा बढ्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः छिमेकी मुलुक भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित हुनेको दर दैनिक बढ्न थालेको छ । कोरोनाको नयाँ भेरियन्टका रूपमा देखिएको ओमिक्रोनबाट संक्रमित हुनेको संख्या बुधबारसम्म भारतमा ९ सय ६१ जना पुगेको छ ।

मंगलबार ९ हजार १ सय ९५ जना कोरोना संक्रमित देखिएकोमा बुधबार भारतमा १३ हजार १ सय ५४ जना नयाँ संक्रमित थपिए । यो संख्या भनेको एक दिनको फरकमा ४४ प्रतिशतले बढी हो । यसरी भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनसँगै संक्रमित दर थपिँदा त्यसको असर नेपालमा पनि पर्ने देखिएको छ ।

नेपालमा सरकारको तयारी सुस्त

डेल्टा भेरियन्टले विश्व नै आक्रान्त बनेको पीडा भुल्न नपाउँदै हाल देखिएको नयाँ भेरियन्टले चुनौती थपिएको छ । तर, यसअघि देखिएका भेरियन्टभन्दा कमजोर भएको भन्दै जनस्वास्थ्य मापदण्ड पालना नहुँदा ओमिक्रोन भेरियन्ट फैलिने क्रम बढिरहेको छ ।

ओमिक्रोन संक्रमण बढ्न थालेपछि भारतले दिल्ली र महाराष्ट्रका अधिकारीले सार्वजनिक कार्यक्रममा प्रतिबन्ध लगाएका छन् । सुरुमा कोरोनाको नयाँ भेरियन्ट दक्षिण अफ्रिकी मुलुकमा देखिएको सो भाइरस भारतको २१ राज्यमा फैलिसकेको छ ।

हालसम्म ८९ देशमा ओमिक्रोन भेरियन्ट फैलिसकेको छ भने बेलायतमा मात्रै सो भेरियन्टबाट ७ जना र अमेरिकामा एक जनाको मृत्यु भइसकेको छ ।

ओमिक्रोन भेरियन्ट नेपालमा समेत देखापरिसकेको छ । नेपालमा पनि तीन जनामा ओमिक्रोन भेरिएन्ट पुष्टि भइसकेको छ । डिसेम्बर पहिलो साता नेपालमा दुई जनामा ओमिक्रोन भेटिएको थियो । ओमिक्रोन भेरियन्ट फैलिए रोकथामका लागि अहिलेसम्म स्वाथ्य तथा जनसंख्या मन्त्रालयले कुनै तयारी गरेको पाइँदैन ।

लापरबाहीका कारण ओमिक्रोन भेरियन्ट बढ्दै जान थालेपछि हाल मात्रै विश्व स्वास्थ्य संगठनले सुनामी ल्याउन सक्ने चेतावनी दिएका छन् । बुधबारको पत्रकार सम्मेलनमा विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले डेल्टा भेरियन्ट जस्तै ओमिक्रोन भेरियन्टले पनि सुनामी ल्याउन सक्ने भन्दै चेतावनी दिएका छन् ।

भारतले ओमिक्रोन भेरियन्ट बढेसँगै सर्तकता बढाइरहँदा नेपालमा भने अहिलेसम्म कुनै सर्तकता अपनाइएको छैन । सबैभन्दा धेरै संक्रमित भारतको महाराष्ट्र र दिल्लीमा देखिएको भारतीय समाचार एजेन्सीले उल्लेख गरेका छन् ।

भारतसँगको खुला सीमाका कारण नेपालमा ओमिक्रोन भेरियन्ट सहज रूपमा फैलन सक्ने देखिएको छ । तर, सरकारले सीमा नाकामा स्वास्थ्य चेकजाँचदेखि सर्तकताको कुनै उपाय लागू गरेको पाइँदैन । अर्कोतर्फ राजधानी काठमाडौंलगायतका बढी भीड हुने स्थानमा स्वास्थ्य मापदण्डको पालनासमेत गरेको पाइँदैन ।

नेपालमा हालसम्म डेल्टा प्लससहित अल्फा (बी.१.१.७), डेल्टा (बी.१.६१७.२) र कप्पा (बी.१.६१७.१) भेरिएन्ट पुष्टि भएको छ । नेपालमा कोरोना भाइरसको दोस्रो लहरमा मानवीय क्षति बढी भएको थियो । डेल्टा भेरिएन्टले नेपालमा संक्रमित दर र मृत्युदर बढाएको थियो ।

विज्ञका अनुसार हाल उपलब्ध खोपले काम गर्न नसक्ने बताएका छन् । तर, खोप लगाएकाहरूलाई भने गम्भीर बिरामी नबनाउने विज्ञको भनाइ छ । कोभिडका डेल्टा, अल्फा, बिटा अनि गामाजस्ता प्रमुख भेरियन्टले गराउन सक्ने गम्भीर बिरामी हुनबाट जोगाउने विज्ञको मत रहेको छ । राजधानीबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार