श्रावण ३, २०८२ शनिबार July 19, 2025

राजनीतिक दलमा चुनावी सरगर्मी शुरू, बाँकेमा ओली र देउवाको ‘सिग्नल’ कसलाई ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बाँकेमा दुई ठूला राजनीतिक दलमा चुनावी सरगर्मी शुरू भएको छ । नेकपा एमालेको पुस २३ गते र नेपाली कांग्रेसको पुस २७ गते जिल्ला अधिवेशन हुने भएपछि नेतृत्व हत्याउन नेताहरू दौडधुपमा लागेका छन् ।

एमाले बाँकेमा हालका अध्यक्ष निरक गुरुङ, उपाध्यक्ष किस्मतकुमार कक्षपति र सचिव रत्न खत्रीले अध्यक्षका लागि कसरत थालेका छन् । एमालेले ‘सहमति’ मै जोड दिइरहेको छ । तीनै जनाले नेतृत्वको दाबी नछोड्दा चुनावमा जान सक्ने नेताहरू बताउँछन् ।

बाँकेमा एमालेका पाँच जना केन्द्रीय सदस्य रहेका छन् । केन्द्रमा जसको नाममा सिग्नल आउँछ, कार्यकर्ताहरू उतै लाग्ने देखिन्छ । एमालेका सचिव खत्रीले आफूसहित गुरुङ र कक्षपतिको अध्यक्षमा दाबेदारी रहेको बताउनुभयो ।

यता, कांग्रेसमा सात जनाले सभापतिका लागि दाबी गरेका छन् । संस्थापन समूहबाट ६ जनाले दाबी गर्दा डा. शेखर कोइराला समूहबाट नारायण गौडेलको एक्लो दावेदारी रहेको छ ।

संस्थापन समूहबाट लुम्बिनी प्रदेशका वन वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमाल, संविधान सभा सदस्य बाहसाह कुर्मी, निरञ्जनसिंह सिजापति, राजकुमार बर्मा, सुनिलनरसिंह राणा र लक्ष्मीनारायण शाहले सभापतिका लागि दाबी गरेका छन् ।

यीमध्ये केहीले पत्रकार सम्मेलन गरेर र केहीले साथी सर्कलमा उम्मेदवारी घोषणा गरेका छन् ।

कोइराला परिवारको दबदबा रहेको बाँकेमा यसपाली संस्थापन पक्ष हाबी देखिएको छ । पालिका र क्षेत्रीय सभापतिमा धेरै संस्थापन पक्षले जितेको छ ।

क्षेत्रीय चुनावका बेलामा डुडुवाका नेता नरेन्द्र चौधरीले गुट परिवर्तन गरेर संस्थापन पक्षतिर आएपछि संस्थापन पक्ष अझ बलियो भएको छ । डुडुवामा चौधरीको एकछापे मत रहेको छ ।

कोइराला समूहबाट संस्थापन पक्षतिर आउँदा चौधरीले कोइराला परिवारका सदस्यलाई चुनावमा सघाउने बताएकाले कोइराला परिवारबाट सचिवको उम्मेदवारी घोषणा गरेका सुधांशु कोइरालाले डुडुवाको मत पाउने देखिन्छ ।

बाँके कांग्रेसमा कोइरालाको इशाराबाहेक कोही सभापति हुन सकेका छैनन् । पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री स्व. सुशील कोइरालाको गृहजिल्ला भएकाले यहाँ कोइराला पक्षले हालीमुहाली रहँदै आएको छ ।

यसपालिको चुनावमा भने के हुने हो भन्न सकिने अवस्था छैन । संस्थापन पक्षका नेताहरू मिलेर आएमा उनीहरूको पहला भारी देखिन्छ ।

पहला भारी भएकाले नै सभापतिका आकांक्षी धेरै देखिएका छन् । कोइराला समूहबाट सभापतिको उम्मेदवारी घोषणा गरेका नारायण गौडेल सादगी नेता हुन् । कांग्रेसमा गौडेलको त्याग र योगदान उच्च रहेको छ ।

नेपाली कांग्रेसमा सहमहामन्त्रीमा चुनाव जितेका यस क्षेत्र अर्थात बर्दिया निवासी किशोरसिंह राठौरले संस्थापन समूहलाई मिलाउने नेताहरूले आशा गरेका छन् ।

देउवानिकट मानिने राठौरले नजर ६ जनामध्ये कसमा पर्छ, त्यो हेर्न बाँकी नै रहेको छ ।

आठ वटा स्थानीय तहमध्ये पाँच र तीन वटा क्षेत्रमध्ये दुई वटामा क्षेत्रीय सभापति जितेको संस्थापन पक्ष एकमतका साथ निर्वाचनमा होमिएमा बाँकेमा कोइरालाको विरासत ढल्ने आकलन गरिएको छ ।

संस्थापन पक्षमा धेरै आकांक्षी देखिएकाले त्यसलाई मिलाउनका लागि नै यसअघि तय भइसकेको कांग्रेसको अधिवेशन रोकिएको थियो ।-समाचारपत्र दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार