श्रावण ३, २०८२ शनिबार July 19, 2025

३३ प्रतिशत महिला पुर्‍याउन देउवालाई सकस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली कांग्रेसको १ सय ६८ सदस्यीय केन्द्रीय कार्यसमितिमा महिलाको संख्या ३३ प्रतिशत पुर्‍याउन ५५ जना महिला हुनुपर्छ । शनिबार मनोनितमा परेका दुईसमेत गरेर अहिले महिलाको संख्या ४३ पुगेको छ ।

अब मनोनित गर्न २३ जना बाँकी छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले कार्यसमितिमा ३३ प्रतिशत महिला पुर्याउन अब १२ जना महिला मनोनित गर्नुपर्नेछ । कांग्रेस विधानमा ३३ जना सदस्य मनोनित गर्ने व्यवस्था छ ।

जसमध्ये सभापति देउवाले शनिबार १० जना रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई मनोनित गर्नुभएको छ ।

१० मध्ये २ जना महिला परेका छन् । यसअघि, कार्यसमितिमा सभापतिसहित १ सय ३५ जना निर्वाचित हुँदा महिलाको संख्या ४१ थियो ।

निर्वाचित हुने ४१ जनामा सहमहामन्त्री एक, महिला खुलातर्फ ९, प्रत्येक प्रदेशबाट महिला कोटाबाट आएका ७, खसआर्य महिलातर्फ ६, आदिवासी जनजाति महिलातर्फका ७, मधेसी महिलातर्फका ४, दलित महिलातर्फका ४, थारु महिलातर्फ २ र मुस्लिम महिलातर्फ १ गरी जम्मा ४१ जना निर्वाचित भएका थिए ।

निर्वाचित सबै आरक्षण कोटाबाट मात्र आएका हुन् । यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार