श्रावण ३, २०८२ शनिबार July 19, 2025

प्रधानमन्त्री पुसमै भारत भ्रमणमा जाने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवा १०औं ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ मा सहभागी हुन भारत भ्रमणमा जाने भएका छन्। उक्त सम्मेलन गुजरातको गान्धीनगरमा जनवरी १० देखि १२ (पुस २६ देखि २८)सम्म हुँदै छ। त्यसका लागि प्रधानमन्त्री देउवाको भ्रमणतालिका र व्यवस्थापनको काम भइरहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

परराष्ट्रका एक अधिकारीले प्रधानमन्त्रीको भ्रमणबारे भने, ‘भ्रमण करिब तय भइसकेको छ। मन्त्रिपरिषद्ले निर्णय गर्न बाँकी छ।’ प्रधानमन्त्रीनिकट स्रोतका अनुसार उक्त सम्मेलनलाई लक्ष्य गरी भ्रमणमा जान लागे पनि उता पुगेर को–कोसँग भेट गर्ने भन्ने तय भइसकेको छैन।

भ्रमणका विभिन्न एजेन्डामध्ये केही टुंगो लागिसकेको मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति रामनाथ कोविन्दसँग सम्भवतः भ्रमणको पहिलो दिन नयाँ दिल्लिमा भेटवार्ता गर्नेछन्। यसअघि गत कात्तिक १६ मा संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन कोप–२६ स्कटल्यान्डमा देउवा र मोदीबीच भेट भएको थियो।

प्रधानमन्त्रीपत्नी डा. आरजु राणाले नयाँदिल्लीमा राजनीतिक भेटघाट सुरु गरेकी छन्। उनले भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग आइतबार भेटवार्ता गरेकी हुन्। उनी भाइको उपचारका लागि पुस ११ गते दिल्ली पुगेकी थिइन्। अन्नपूर्णपोष्ट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार