श्रावण ४, २०८२ आइतबार July 20, 2025

माओवादी केन्द्रको निष्कर्षः यथास्थितिमै एमसीसी सम्झौता पारित गर्न सकिँदैन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) यथास्थितिमै अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता पारित गर्न नसकिने निष्कर्षमा पुगेको छ । माओवादी केन्द्रको सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनबाट पारित समसामयिक राजनीतिक प्रस्तावमा यथास्थितिमै एमसीसी सम्झौता पारित गर्न नसकिने उल्लेख छ ।

‘राष्ट्रव्यापी तथा अन्तर्राष्ट्रिय रूपमै गम्भीर छलफलमा रहेको नेपाल सरकार र एमसीसीबीच भएको सम्झौताका कतिपय प्रावधान राष्ट्रियता, सार्वभौमिकता, स्वाधीनता र हितप्रतिकूल असर पर्ने देखिएकाले यथास्थितिमा सम्झौता पारित नगरियोस्,’ पारित समसामयिक राजनीतिक प्रस्तावमा उल्लेख छ । माओवादी केन्द्रले एमसीसी विषयमा सम्पूर्ण राजनीतिक दल, सरकार र संसद्सहित समग्र राष्ट्रिय सहमति कायम गर्दै अघि बढ्न माग गरेको छ ।

यसअघिसमेत माओवादी एमसीसी सम्झौताका सर्त संशोधन गरेरमात्रै पारित गर्नुपर्ने पक्षमा उभिँदै आएको छ । माओवादी केन्द्रले संघीय संसद्बाट पारित पूर्ण नक्सा पाठयक्रममा समावेश गर्न सरकारसँग माग गरेको छ । ‘यो महाधिवेशन कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत नेपाली भूमि रक्षाका लागि सदैब संघर्षरत रहने प्रण गर्दछ, साथै संघीय संसद्बाट पारित पूर्ण नक्सा पाठ्यक्रममा समावेश गरी राष्ट्रियताको भावना सुदृढ गर्न सरकारसमक्ष माग गर्दछ,’ राजनीतिक प्रस्तावमा भनिएको छ ।

माओवादीले सन् १९५० को असमान सन्धिलगायत असमान सन्धि सम्झौता खारेज गर्न पनि माग गरेको छ । सार्वभौमिक समानता र आपसी हितका आधारमा आवश्यकताअनुसार नयाँ सन्धि सम्झौताका लागि आवश्यक पहलकदमी लिन सरकार, राजनीतिक दल र सरोकारवालास“ग माओवादीले अपिल गरेको छ । संसद् अवरुद्धप्रति आपत्ति एमालेले संघीय संसद् बैठक निरन्तर अवरोध गरेकोमा माओवादी केन्द्रले आपत्ति जनाएको छ । –राजधानी दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया