श्रावण ४, २०८२ आइतबार July 20, 2025

ओपोद्वारा कलरओएस १२ अपडेट पाउने स्मार्टफोनहरुको सूची सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः चिनियाँ स्मार्टफोन ब्रान्ड ओपोले आफ्नो कलरओएस १२ अपडेट पाउने स्मार्टफोनहरुको सूची सार्वजनिक गरेको छ।

ओपोले आफ्नो कलरओएस १२ भर्सन गत अक्टोबरमा सार्वजनिक गरेको थियो भने अब कम्पनीले त्यसैको अपडेट पाउने स्मार्टफोनहरुको सूची निकालेको हो।

ओपोले हालै आफ्नो कम्युनिटी फोरममा स्टेबल र बिटा दुवै भर्सन सार्वजनिक हुने मिति, डिभाइस र क्षेत्रको विस्तृत विवरणसहितको सूची प्रकाशित गरेको हो।

बिटा कलरओएस१२ को रोलआउटको योजनामा ओपोले शुरुवातमा आगामी फेब्रुअरीमा रेनो५ एफ, रेनो४, रेनो४ एफ, एफ१९ प्रो तथा एफ१७ प्रो लाई राखेको छ।

यसैगरी रेनो५ लाइट, रेनो४ प्रो फाइभजी, रेनो४ जेड फाइभजी, रेनो४ लाइट, ए९४ तथा ए५३एस फाइभजीले भने कलरओएस १२ को बिटा भर्सन आगामी मार्चमा पाउनेछन्।

यस्तै कलरओएस १२ को स्टेबल भर्सनको फर्मवेयर अपडेट भने बेल्जियम, फ्रान्स, जर्मनी इटली लक्जम्बर्ग पोर्चुगल स्पेन न्यूजिल्यान्ड तथा बेलायतमा यूजरले फाइन्ड एक्स३ प्रो फोनमा यसै महिना पाउने बताइएको छ।

फ्रान्सका फाइन्ड एक्स३ नियो फाइभजी यूजरले भने फर्मवेयर अपडेट आगामी जनवरी १७ देखि तथा इटली तथा स्पेनका ओपो ए७३ फाइभजी यूजरले जनवरी २० बाट पाउने जीएसएमएरिनामा उल्लेख छ।- टेक्नोलोजीखबर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार