श्रावण ४, २०८२ आइतबार July 20, 2025

ओमिक्रोन संक्रमण दर ७० प्रतिशत बढी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपालमा कोरोना भाइरसको ओमिक्रोन भेरिएन्ट समुदायस्तरमा व्यापक रूपमा फैलन थालेको छ । सामुदायिकस्तरमा अत्यधिक फैलन पुग्दा भयावह अवस्था आउन सक्ने भन्दै चिकित्सकले थप सतर्कता अपनाउन आग्रह गरेका छन् ।

ओमिक्रोन भेरियन्टको संक्रमण दर यसअघिको अल्फा र बिटा भेरियन्टभन्दा अत्यधिक बढी रहेकाले यसको जोखिम अत्यधिक रहेको छ ।

चिकित्सकले ओमिक्रोनको संक्रमण दर डेल्टा भेरियन्टभन्दा ७० प्रतिशत बढी रहेको जनाएका छन् । उनीहरूले सुरक्षाका सबै विधि अपनाउनुपर्ने र आवश्यकताअनुसार स्मार्ट लकडाउन गर्नुपर्ने सुझाव दिएका छन् । ओमिक्रोनसँग जुध्न सरकारले विशेष तयारी नगरेको भन्दै चिकित्सकले चिन्ता व्यक्त गरेका छन् ।

कोरोना भाइरसका सम्बन्धमा अन्तर्राष्ट्रिय रूपमा नै अध्ययन गरिरहेका वरिष्ठ भाइरोलोजिस्ट डा। रमेशकुमार आचार्यले नेपालमा ओमिक्रोन समुदायस्तरमा नै फैलिसकेकाले थप सतर्कता नअपनाउने हो भने भयावह रूप लिन सक्ने बताए । उनले ओमिक्रोनको संक्रमण दर ७० प्रतिशतभन्दा बढी रहेकाले यो द्रुत गतिमा फैलिरहेको दाबी गरे ।राजधानी दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार