श्रावण ४, २०८२ आइतबार July 20, 2025

काठमण्डौं उपत्यकामा चार दर्जन पार्क बन्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः काठमाडौँ उपत्यका विकास प्राधिकरणले चालू आर्थिक वर्षमा उपत्यकामा ४८ वटा पार्क निर्माण गर्ने भएको छ । एक करोड रुपियाँको लागतमा १५ वटा र एक करोड रुपियाँभन्दा कमको लागतमा ३३ वटा पार्क निर्माण गर्न लागिएको हो ।

प्राधिकरणको योजना महाशाखा प्रमुख सौरभ ढकालले काठमाडौँ जिल्लामा एक करोड रुपियाँको लागतमा सातवटा, ललितपुर र भक्तपुर जिल्लामा चार/चारवटा पार्क निर्माण गर्न लागिएको जानकारी दिँदै पार्क निर्माणका लागि कम्पनी छनोटको कार्य एक महिनाभित्र सम्पन्न हुने बताउनुभयो ।

५० लाख रुपियाँभन्दा कमको लागतमा काठमाडौँमा १९ वटा, ललितपुरमा छवटा र भक्तपुरमा आठवटा पार्क निर्माण गरिनेछ । योजना महाशाखा प्रमुख ढकालले काठमाडौँको लैनचौरमा शहीद पार्क, बूूढानीलकण्ठमा गिरिजाप्रसाद पार्क र आमनगर पार्क, शङ्खरापुर–८ मा शान्ति पार्क, कीर्तिपुर–२ मा बालबालिका पार्क र चम्पादेवी पार्क तथा कागेश्वरी मनहरा–७ को कागेश्वरी मन्दिर क्षेत्रमा पार्क निर्माण गर्न लागिएको जानकारी दिनुभयो ।

त्यसैगरी ललितपुर महानगरपालिका–२१ को सिकाली मन्दिर परिसरमा पार्क निर्माण, ललितपुर–२२ मा बुङ्मती पार्क निर्माण र गच्चा पार्क निर्माण तथा ललितपुर–२५, भैँसेपाटीको सार्वजनिक जग्गा संरक्षण गरी पार्क निर्माण गरिनेछ । भक्तपुरको सूर्यविनायक–५ मा गणेशमान वाटिका निर्माण, सल्लाघारीमा एउटा, सूर्यविनायक–४ मा अनन्त लिङ्गेश्वर महादेव खोलापार्क र चाँगुनारायण–५ मा नागथली कृष्ण मन्दिर पार्क निर्माण गर्न लागिएको छ । – गोरखापत्र दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार