श्रावण ४, २०८२ आइतबार July 20, 2025

ग्लोबल रिस्क रिपोर्ट २०२२: नेपालका लागि यी हुन् सबैभन्दा ठूला पाँच खतरा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः विश्वमा पर्यावरणसँग जाेडिएका जलवायु परिवर्तन, मौसममा चरम परिवर्तन र जैविक विविधताकाे नाेक्सानी सबैभन्दा ठूला खतरा औँल्याइएकाे छ ।  नेपालमा पनि पछिल्लाे समय जलवायु परिवर्तनका मुद्दा जटिल बन्दै गएकाे छ ।

हालकाे अवस्थामा त काेभिड-१९ सबैभन्दा ठूलाे चुनाैती बनेर खडा भएकाे  छ । तर, वर्ल्ड इकोनमिक फोरम (डब्लूईएफ) द्वारा जारी ‘ग्लोबल रिस्क रिपोर्ट २०२२’ अनुसार नेपालमा सबैभन्दा ठूलाे खतरा राेजगारी र जिविकाेपार्जनमा संकट रहेकाे छ ।

डब्लूईएफद्वारा जारी रिपोर्टअनुसार नेपालमा बेराेजगारीकाे समस्या बढ्दै गएकाे छ । त्यसपछि दाेस्राे ठूलाे खतराकाे रुपमा मानवका कारण पर्यावरणमा क्षति रहेकाे छ । प्राकृतिक स्राेतकाे बढ्दाे दाेहनका कारण नेपालमा पर्यावरणमा क्षति बढ्दै गएकाे हाे ।

तेस्राे ठूलाे खतरामा भूराजनीतिकीकरण रणनीतिक स्रोतलाई लिइएकाे छ भने  चाैथाेमा संक्रामक राेगकाे संक्रमण खतरा रहेकाे छ । नेपालमा काेभिड-१९ मात्र हाेइन विभिन्न खाले संक्रामक राेगकाे प्रकाेप बेलाबेला फैलने गरेकाे छ ।

पाँचाै नम्बरमा डिजिटल असमानता र लामाे समयसम्म स्थिर अर्थतन्त्रलाई राखिएकाे छ । प्रविधिकाे क्रान्तिसँगै डिजिटल प्रयाेग बढे पनि गाउँघर तथा विपन्न नागरिक डिजिटल सेवाबाट टाढै छन् । जसकारण डिजिटल सेवाका कारण धनि र गरिबबीचकाे खाडल झन बढ्ने आँकलन गरिएकाे हाे । नेपालमा आर्थिक विकासले गति नसमात्दा स्थिर छ । कुल जनसंख्याकाे झन्डै आधा जनशक्ति श्रमशक्ति रहे पनि विकासले फडकाे मार्न नसक्दा समस्या बढेकाे हाे ।

वर्ल्ड इकोनामिक फोरम (डब्लूईएफ)ले हरेक वर्ष ग्लोबल रिस्क रिपोर्ट जारी गर्छ । जसमा विश्वसामु  सबैभन्दा ठूला खतरा पहिचान गरिएकाे हुन्छ जसलाई पाँच श्रेणीमा विभाजन गरिन्छ । जसमा पर्यावरण, सामाजिक, आर्थिक संकट, जियो-पाेलिटिक्स र अन्य विषय समावेश गरिएकाे हुन्छ ।

याे वर्ष’ग्लोबल रिस्क रिपोर्ट २०२२’, मा १२४ देशका  १२ हजारभन्दा बढी दिग्गजका धारणा पनि समावेश गरिएकाे छ। त्यसबाहेक सर्वे पनि गरिएकाे छ । न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार