काठमाडौंः शहरी विकास मन्त्रालयबाट सेटिङ्गको आरोपमा मन्त्री रामकुमारी झाँक्रीको निशानामा परि प्रधानमन्त्री कार्यालयको अतिरिक्त समूहमा सरुवा भएका सचिव रमेशप्रसाद सिंह फेरि सरुवा हुने चलखेलमा लागेका छन् ।
चलखेलमा माहिर ठानिएका सचिव सिंहले मन्त्रिपरिषद् कार्यालयमा प्रविधिक संचिव पदको दरबन्दी स्थापना गरेर शक्ति र क्षमताको प्रदर्शन गरेका छन् ।
इतिहासमा प्रधानमन्त्री कार्यालयमा प्राविधिक सचिवको दरबन्दी नभएको प्रशासनका जानकारहरूले बताएका छन् । तर, प्रधानमन्त्री कार्यालय र राष्ट्रिय योजना आयोगमा एकजना प्राविधिक सचिव चाहिने स्रोतको कथन छ ।
शहरी विकास मन्त्रालयको सचिव हुँदा सेटिङ्गको आतङ्ग मच्चाएका सिंहले अहिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा हुने न्वारनदेखिको बल लगाउँदै शक्तिकेन्द्र धाउन थालेका छन् ।
पछिल्लो समय भौतिक मन्त्रालय नेतृत्वविहीन हुँदा बालुवाटारको नाम भजाएर डिईहरूको सरुवामा आतङ्क मच्चाएका र पछि मन्त्रालयको नेतृत्व रेणुकुमारी यादवले
सम्हालेपछि रकमको आधारमा डिईहरूको सरुवामा टेण्डर खोलेका सचिव रविन्द्रनाथ श्रेष्ठको चलखेल देखेपछि सचिव सिंहको आँखा भौतिकमा परेकोछ ।
विकासे मन्त्रालय र आकर्षण बजेट भएका कारण बाँकी कार्यकालका लागि भौतिकमा जान जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई भेटघाटका लागि धाउने गरेको जानकारहरूले बताएका छन् ।
मन्त्री यादवलाई सचिव श्रेष्ठले गुराहमा पारी आर्थिक चलखेलका आधारमा २-३ महिनामा डिईहरूको सरुवा गरेपछि केही मधेसवादी डिईहरूको अध्यक्ष यादव र संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई समक्ष कुरा पुऱ्याएपछि सचिव नै परिवर्तन गर्ने सोचमा रहेको स्रोतले बताएको छ ।
भौतिक मंन्त्रालयको सचिवमा सरुवा हुन अर्का प्राविधिक सचिव गोपाल सिग्देलले पनि जोडबल गरेका छन् । तथापि सचिव सिग्देललाई अहिले समयले साथ नदिएको चर्चा चलेको छ । नयाँ बिमर्श
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया