श्रावण ४, २०८२ आइतबार July 20, 2025

राष्ट्रियसभा सदस्य निर्वाचन: एमालेका उम्मेदवार पराजित हुने निश्चित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा तीन सिटमा ६ जनाबीच प्रतिस्पर्धा हुँदै छ । आगामी १२ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्तारूढ गठबन्धन र प्रतिपक्षी एमालेबीच प्रतिस्पर्धा हुँदै छ । तर, मतभारको आधारमा सत्तारूढ गठबन्धनको जीत सुनिश्चित देखिन्छ ।

निर्वाचनमा सत्तारूढ पाँच दलीय गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले लुम्बिनी प्रदेशमा साझा उम्मेदवारी दर्ता गराएका छन् । प्रमुख प्रतिपक्षी एमालेले छुट्टै उम्मेदवारी दर्ता गराएको छ ।

लुम्बिनी प्रदेशमा प्रतिपक्षी एमाले र स्वतन्त्र सांसद मिल्दासमेत सत्तारूढ गठबन्धनका उम्मेदवारलाई पराजित गर्न कुनै सम्भावना छैन । एमाले र एक स्वतन्त्र सांसदबाहेक अरू सबै दल पाँच दलीय गठबन्धनमा छन् । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएर उम्मेदवारहरू मत माग्न व्यस्त छन् ।

निर्वाचन आयोगका अनुसार सातै प्रदेशमा विभिन्न समूहतर्फको १९ पदका लागि आयोगको कार्यालयमा ४३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनमा रहेका पाँच दल एक भएपछि प्रमुख प्रतिपक्षी दल एमालेलाई चुनौती थपिएको हो । पाँच दलीय गठबन्धनसँग एमालेका उम्मेदवारहरू सबै प्रदेशमा पराजित हुने मतभारले देखाउँछ । लुम्बिनी प्रदेशमा महिला, दलित र अन्य समूह गरी तीन सिटका लागि ६ जना प्रतिस्पर्धामा रहेका छन् ।राजधानी दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार