श्रावण ४, २०८२ आइतबार July 20, 2025

सकसमा सभामुख सापकोटा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सभामुख अग्निप्रसाद सापकोटाको कार्यकाल सकिन करिब वर्षदिन बाँकी छ। उनी सभामुखमा भएदेखिनै सदनको कामकारबाही अघि बढाउन चुनौतिपूर्ण रहँदै आएको छ।

पछिल्लो पटक संसद्मा सभामुखकै विरुद्धमा महिनौँ दिनसम्म नारावाजी हुनुले सदनमा सभामुखले धेरै अपमानको सामना गरिरहनु परेको छ। अमेरिकन मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सदनबाट पारित गर्ने सरकारको तयारीबाट पनि सभामुखलाई निकै तनाब भइरहेको स्रोत बताउँछ।

सभामुखमा निर्वाचित भएदेखि उनले धेरै झमेलाको सामना गर्नुपरेको छ। कोभिड–१९ को कारण लकडाउन हुँदा संसद्मा बैठक सञ्चालनमा परेको असरदेखि ओली सरकारले गरेको संसद् विघटनविरुद्धमा उभिनुपर्ने अवस्था र संसदीय सुनुवाई बिनै ओली सरकारले गरेको विभिन्न ३८ जना संवैधानिक आयोगका पदाधिकारी नियुक्तिविरुद्धमा आफैं अदालतमा मुद्दा दायर गर्नुपर्ने अवस्था आयो।

यसपटक एमालेले सभामुख सापकोटालाई सत्तागठबन्धनको ‘मतियार’ समेत भनेको छ। ‘जो एमाले सिध्याउन खोजिराख्या छ भने सभामुखको निष्पक्षता कसरी हुन्?, सभामुख गठबन्धनको पक्षधरमा देखिनुभयो, एमालेविरोधी षड्यन्त्रमा रहेको देखियो, तसर्थ सभामुखलाई यथास्थितिमा मानेर जान सक्नेस्थिति रहेन,’ भन्ने एमाले अध्यक्ष ओलीको भनाइअनुसार एमाले संसद् अवरुद्ध गर्दै आएको छ।

ओली प्रधानमन्त्री हुँदा पनि सभामुखकोविरुद्धमा बोल्ने गर्दथे। उनले सभामुखकै कारण एमसिसी सदनमा प्रवेश नगरेको समेत बताएका थिए। एमालेले संसद् अवरुद्ध गरेका कारण मंसिर २८ गतेदेखि सुरु भएको हिउँदे अधिवेशन राम्रोसँग चल्न सकेको छैन। सदन बोलाएको महिना दिनसम्ममा तीन वटा बैठक मात्र बसेका छन्।

पुस १८, पुस २२, पुस २८ मा बोलाएका बैठक सूचना जारी गरेर स्थगित भएका छन् भने माघ ३ गते बोलाएको बैठक पनि स्थगित गर्ने तयारी छ। संसद् नचल्दा सभामुख नियमित संसद्मा त आउँदैनन् तर उनले अध्ययन गर्ने कार्यकर्ता भेट गर्ने काममा समय बिताएका छन्। नागरिक दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार