श्रावण ४, २०८२ आइतबार July 20, 2025

मोबाइल कलको शुल्क ४४ पैसा सस्तियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः माघ १ अर्थात शनिवारदेखि मोबाइल कलको शुल्क ४४ पैसाले घटेको छ । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल कलको शुल्क कम गर्नेगरी कार्यान्वयनमा ल्याएको ‘अन्तरआवद्धता निर्देशिका २०७६’ शनिवारबाट लागू भएको हो ।

योसँगै एउटा नेटवर्कबाट अर्को नेटवर्कमा कल गर्दा सेवाप्रदायकले हाल लिँदै आएको शुल्कको तुलनामा ४४ पैसा सस्तो भएको छ । यसको अर्थ एउटा नेटवर्कबाट अर्को नेटवर्कमा (उदाहरणका लागि एनसेलबाट नेपाल टेलिकमको नम्बरमा) कल गर्दा लाग्ने शुल्क ४४ पैसाले घटेको हो ।

यसअघि सेवाप्रदायकले अन्तरआवद्धता शुल्कबापत प्रतिमिनेट ५४ पैसा थप लिँदै आएका छन् । निर्देशिकाले त्यसमा परिवर्तन गर्दै त्यस्तो शुल्क बढीमा १० पैसा कायम गरेको छ ।

सो निर्देशिका माघ १ गतेदेखि कार्यान्वयनमा ल्याउन गएको कात्तिक २९ गते बसेको प्राधिकरण बोर्ड बैठकले निर्णय गरेको थियो । तत्कालका लागि आन्तरिक कलमा मात्रै यो व्यवस्था लागू हुने गरी गरिएको यो व्यवस्थाले एउटा नेटवर्कबाट अर्को नेटवर्कमा कल गर्दा लाग्ने शुल्कलाई कम गर्नेछ ।

यसअघि नेपाल टेलिकमको प्रिपेड सिमबाट अन्य नेटवर्कमा कल गर्दा प्रतिमिनेट दुई रुपैयाँ लाग्छ भने पोस्टपेडबाट कल गर्दा एक रुपैयाँ ५० लाग्दै आएको थियो ।

शनिवारदेखि भने प्रिपेडबाट प्रतिमिनेट एक रुपैयाँ ६ पैसा र पोस्टपेडबाट ६६ पैसा मात्रै लाग्नेछ । त्यस्तै, एनसेलबाट अन्य सेवाप्रदायकको नम्बरमा कल गर्दा प्रतिमिनेट कर बाहेक एक रुपैयाँ ९९ पैसा लाग्दै आएकोमा अब एक रुपैयाँ ५५ पैसामा सीमित भएको छ ।

यस्तै, स्मार्टसेलबाट एनसेल र नेपाल टेलिकममा कल गर्दा प्रतिमिनेट एक रुपैयाँ ९२ पैसा लाग्दै आएकोमा अब एक रुपैयाँ ४८ पैसामात्रै लाग्नेछ ।

हुन त यो व्यवस्था २०७६ चैत २० देखि नै लागू हुनुपर्ने हो । तर, त्यसबेला सेवाप्रदायक कम्पनीले आम्दानीमा असर पर्ने भन्दै तत्काल लागू नगर्न आग्रह गरेका थिए । प्राधिकरण भने निर्धारित मिति (२०७६ चैत २०) देखि नै कल शुल्क घटाउने अडान लिएको थियो ।

तर, कार्यान्वयनमा आउनु भन्दा एक हप्ताअघि कोभिड–१९ का कारण लागू गरिएको लकडाउनले उक्त विषय त्यत्तिकै सेलायो । त्यसपश्चात् गएको भदौमा प्राधिकरणले कोभिड–१९ का कारण कम्पनीको आम्दानी, सरकारले विभिन्न शीर्षकमा प्राप्त गर्ने राजश्व र उपभोक्ताको सेवा प्रवाहमा पर्न सक्ने सकारात्मक तथा नकारात्मक प्रभावको अध्ययन गरेको थियो ।

उक्त अध्ययनले यो निर्देशिका लागू गर्दा सेवाप्रदायकको कुनै पनि शीर्षकमा तात्त्विक असर नपर्ने देखियो ।

प्राधिकरणका निर्देशक अम्बर स्थापित भन्छन्, ‘त्यसैका आधारमा प्राधिकरण बोर्डले माघ १ गतेबाट निर्देशिका कार्यान्वयन गर्ने निर्णय लिएको हो । बोर्डले पहिलो चरणमा आन्तरिक कलमा हुने अन्तरआवद्धता शुल्कको हकमा मात्रै यो व्यवस्था कार्यान्वयन गर्न सेवाप्रदायकलाई निर्देशन दिएको छ ।’

तर, यतिबेला पनि सेवाप्रदायकले यस्तो सिस्टम परीक्षणको लागि प्रयोगमा ल्याउन नसक्ने तथा संस्थाको आम्दानीमा समेत ठूलो असर पर्नेभन्दै यो व्यवस्था तत्कालै लागू गर्न नसक्ने प्राधिकरणलाई जानकारी दिएका थिए ।

‘हामीले पहिलो ६ महिना परीक्षणका लागि यो व्यवस्था गर्ने निर्णय गरेका थियौं,’ प्राधिकरणका निर्देशक अम्बर स्थापितले भने, ‘तर, सेवाप्रदायकले बहाना बनाउन खोजेको पाईयो । त्यसैले उनीहरुको पत्रको जवाफमा यो व्यवस्था माघ १ गतेबाटै कार्यान्वयन हुनुपर्ने भन्दै जानकारी प्राधिकरणले गराएको छ ।’

त्यो सँगै सेवाप्रदायकले शनिवारबाटै यसलाई कार्यान्वयनमा ल्याएका छन् ।

टेलिकमले निर्देशिले तोकेको शुल्क १ गतेबाटै लागू गर्ने र सोही बमोजिम रिटेल ट्यारिफ प्राधिकरणबाट माघ १८ सम्म स्विकृत गराई लागू गर्ने बताएको छ । यसको अर्थ टेलिकमको नेटवर्कबाट अन्य नेटवर्कमा कल गर्दा लाग्दै आएको शुल्क शनिवारबाटै घटेको छ ।  टेकपानाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार