श्रावण ४, २०८२ आइतबार July 20, 2025

हुम्लीको पीडा : चार किलो चामल लिन पनि नागरिकता अनिवार्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल खाद्य संस्थानबाट सहुलियतमा बिक्रीवितरण हुँदै आएको चामल लिन हुम्लीहरूले अनिवार्य रूपमा नागरिकताको फोटोकपी पेस गर्नुपर्ने भएको छ ।

पछिल्ला दिनमा हुम्लाका नागरिकले चार किलो चामलका लागि नागरिकताको फोटोकपी बुझाउनुपर्ने नियम बनाइएको हो । समयमै ढुवानी नहुँदा अनुदानको खाद्यान्न पाउनबाट यहाँका बासिन्दाले झन्झट बेहोर्नुपरेको हो ।

तीन महिनासम्म चामल बिक्रीवितरण बन्द गरेको खाद्य लिमिटेड शाखा हुम्लाले शुक्रबारबाट पुनः बिक्रीवितरण थालेकोमा चामल मौज्दात कमी भएको भन्दै नागरिकता पेस गर्नुपर्ने उर्दी गरेको हो । चामल भने चार किलो मात्रै दिइनेछ ।

खाद्य लिमिटेड शाखा हुम्लाको यो नियमले हुम्लाका जनता आक्रोशित भएका छन् । ४/४ घण्टा पैदल हिँडेर आउँदा पनि जम्मा चार किलो चामलका लागि नागरिकता पेस गर्नुपरेको भन्दै उनीहरूले आक्रोश पोखेका हुन् ।

नागरिकताको फोटोकपी पेस नगर्दा चामल नपाइने स्थानीयवासी गणेश बोहराले बताए । उनले भने, ‘यसअघि चामल लिन वडाले दिने रासन कार्ड भए हुन्थ्यो, यसपटक भने नागरिकता नै अनिवार्य गरिएको छ, नागरिकताको फोटोकपी गर्न पनि १० रुपैयाँ लाग्छ । यसले गर्दा सर्वसाधारण थप मारमा परेका छन् ।’ यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार