श्रावण ४, २०८२ आइतबार July 20, 2025

कोभिड संक्रमणदर बढेसँगै स्वास्थ्यकर्मी संक्रमित हुने संख्या बढ्याे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपालमा कोरोना संक्रमण दर बढेसँगै अस्पतालका स्वास्थ्यकर्मी पनि संक्रमित हुन थालेका छन् । केही दिनदेखि काठमाडौँ उपत्यकाका कोभिड अस्पतालमा स्वास्थ्यकर्मी संक्रमित हुने संख्या बढ्दैगएको छ ।

स्वास्थ्यकर्मी संक्रमित हुने संख्या सबैभन्दा बढी त्रिवि शिक्षण अस्पतालमा रहेको छ । अस्पतालका कोभिड फोकल पर्सन डा निरज बमकाअनुसार अस्पतालमा विभिन्न वार्डमा कार्यरत सयभन्दा बढी स्वास्थ्यकर्मी संक्रमित भएका छन् ।

अस्पतालमा केही दिनदेखि संक्रमित भर्ना हुनेदर बढ्दै गएको बमले बताउनुभयो । उहाँकाअनुसार जेनेरल वार्डमा २६ जना, आइसियु १०, एचडियुमा १० जना संक्रमित उपचाररत रहनुभएको छ ।

स्वास्थ्यकर्मी संक्रमित भएपछि अस्पतालले मेडिकल आइसियु सेवा बन्द गरेको डा बममे जानकारी दिनुभयो । यसरी अस्पतालमा आउने संक्रमित पनि बढ्दै जाने र उपचारमा खटिने स्वास्थ्यकर्मी संक्रमित हुँदा सेवा प्रभावित हुनसक्ने उहाँको भनाई छ ।

ठूलो संख्यामा स्वास्थ्यकर्मी संक्रमित भएपछि अन्य स्वास्थ्यकर्मीलाई कामको चाप बढेको डा. बमले बताउनुभयो । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार