श्रावण ४, २०८२ आइतबार July 20, 2025

एआइजी दरबन्दीलाई लिएर गृह र अर्थ मन्त्रालयबीच द्वन्द्व

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल प्रहरीमा थप गर्न लागिएका तीन अतिरिक्त महानिरीक्षक (एआइजी) दरबन्दीमा गृह मन्त्रालय र अर्थ मन्त्रालयबीच द्वन्द्व देखिएको छ ।

दरबन्दी थपसम्बन्धी प्रस्ताव अर्थको स्वीकृति बेगर मन्त्रिपरिषद्मा पुगेको थियो । अर्थको स्वीकृति आवश्यक रहेको भन्दै प्रस्ताव गृहमा फर्काइएको छ ।

अर्थ मन्त्रालयले बजेट अभाव देखाएर दरबन्दी थप्न आनाकानी गरेपछि गृह मन्त्रालयले सीधै मन्त्रिपरिषद्मा पठाएको थियो । मन्त्रिपरिषद्ले अर्थको स्वीकृति ल्याउनू भनेपछि प्रस्ताव गृहमा फिर्ता गरिएको र अर्थबाट एकै दिनमा स्वीकृति आउने दाबी गरिएको छ । ‘फाइल आजभोलि नै अर्थमा जान्छ ।

केही दिनमा दरबन्दी थप हुन्छ । प्रधानमन्त्रीले थप्ने भनेपछि अरूले रोक्ने कुर भएन,’ गृहका एक अधिकारीले भने । प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा तीन एआईजी थप्न संगठन व्यवस्थापन तथा सर्वेक्षण गरी केही समयअघि पठाएको थियो । नागरिक दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार