श्रावण ४, २०८२ आइतबार July 20, 2025

सिंहदरबार कोरोनाको हटस्पटः ४० प्रतिशत कर्मचारी संक्रमित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार नै कोरोना संक्रमणको हट स्पट बनेको छ । सिंहदरबारभित्र कार्यरत कर्मचारीमध्ये ४० प्रतिशत कोरोना संक्रमित भएको एक सरकारी निकायको अनुमान छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले सिंहदरबारभित्र कार्यरत कर्मचारीमध्ये करिब ४० प्रतिशतमा कोरोना संक्रमण भएको अनुमान गरिएको बताए । पीसीआर गरेका कर्मचारीको रिपोर्टका आधारमा यो अनुमान गरिएको उनको भनाइ छ । पीसीआर नगरेका कर्मचारीसमेत जोड्दा आधाजति कर्मचारीमा कोरोना संक्रमण भएको हुन सक्ने उनको भनाइ छ ।

सिंहदरबारभित्र करिब ५ हजार कर्मचारी कार्यरत छन् । त्यहाँ प्रधानमन्त्री कार्यालयसहित २१ वटा मन्त्रालय छन् । त्यसै गरी राष्ट्रिय योजना आयोय, वित्त आयोग, नेपाल टेलिभिजन लगायत करिब ३० वटा कार्यालय छन् । -नागरिक दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबिच छलफल
२०८२ श्रावण ४, आइतबार
तेस्रो ताप्लेजुङ गोल्डकप फुटबलमा भारतसहित आठ टोलीको सहभागिता
२०८२ श्रावण ४, आइतबार
पूर्वमधेस प्रदेश प्रमुख ‘अहिराज’ बालिका बलात्कार अभियोगमा काठमाडौंबाट पक्राउ
२०८२ श्रावण ४, आइतबार
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार