काठमाडौंः नेपालमा कोभिड-१९ को तेस्रो लहर सुरू भएसँगै यतिबेला विद्यालय बन्द छन्। विद्यालय तथा कलेजहरूले अनलाइन कक्षा सुरू गरेका छन्।
यसैबीच विद्यार्थीलाई यस्तो अवस्थामा सिकाई नरोकियोस् भन्ने उद्देश्यले इन्टरनेट सेवा प्रदायक कम्पनी डिशहोम फाइबर नेटले स्टुडेन्ट अनलाइन क्लास प्याकेज सार्वजनिक गरेको छ।
स्टुडेन्ट अनलाइन क्लास प्याकेजअन्तर्गत एउटा विद्यार्थीका लागि मासिक २८८ रूपैयाँ, २ जना विद्यार्थीका लागि मासिक ४८८ रूपैयाँ र ३ जना विद्यार्थीका लागि मासिक ५८८ रूपैयाँमा इन्टरनेट प्रयोग गर्न सकिने डिशहोमले जनाएको छ।
यो प्याकेजमा विद्यार्थीलाई अनलाइन क्लासका लागि आवश्यक पर्ने जुम, गूगल मिट, माइक्रोसफ्ट टिम्सलगायतका सफ्टवेयर चलाउन चाहिने आवश्यक ब्याण्ड विथ उपलब्ध गराइने छ।
अनलाइन कक्षाका लागि एकजना विद्यार्थीलाई १० एमबीपीएस, २ जना विद्यार्थीलाई १५ एमबीपीएस र ३ जना विद्यार्थीलाई २० एमबीपीएस इन्टरनेट उपलब्ध हुनेछ।
यसबारे थप जानकारीका लागि डिशहोमको हटलाइन नम्बर ९८०१५४४००० वा नजिककको ‘डिशहोम डिलर दाइ’ कहाँ सम्पर्क गर्न सकिने बताइएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया