श्रावण ४, २०८२ आइतबार July 20, 2025

कोरोना संक्रमणले देशभर सरकारी सेवा अस्तव्यस्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कोरोना संक्रमणको कारण देशभर सरकारी सेवा अस्तव्यस्त भएको छ। अधिकांश सरकारी कार्यालयहरूले अत्याबश्यकीय सेवाबाहेक सबै सेवा बन्द गरेका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंकी सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा खनालका अनुसार जिप्रका काठमाडौंमा कार्यरत ६७ जना कर्मचारीमध्ये करिब ५० जना कर्मचारीहरूमा कोरोना संक्रमण देखिएको छ।

जसको कारण जिप्रका काठमाडौंबाट प्रदान गर्दै आएको नागरिकता, नागरिकताको प्रतिलिपि, पासपोर्ट, तथा राष्ट्रिय परिचयपत्र जस्ता सेवा पूरै बन्द गरिएको छ। ‘२४ जना कर्मचारीमा संक्रमण पुष्टि भएको छ भने अन्य २४ कर्मचारी आइसोलेनमा बस्नु भएको छ। बाँकी १५/१६ जना कर्मचारीको भरमा काम गरिरहेका छौं,’ उनले भनिन्, ‘यस्तो स्थितिमा हामीले काम गरिरहका छाैं।’

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल आफैं कोरोना संक्रमित भएका छन्। उपत्यकाका ३ जिल्लाले आइतबारदेखि उपत्यकाका सरकारी कार्यालयमा आलोपालो प्रणाली लागु गरेका छन्। धेरैजसो कार्यालयले भिडभाड हुने सेवाहरू नागरिकता, राष्ट्रिय परिचयपत्र, पासपोर्ट, लाइसेन्स, जग्गा खरिद बिक्री जस्ता सेवा बन्द भएका छन्। यसैगरी माघ ११ गतेदेखि लोकसेवा आयोगका सबै परीक्षा स्थगित गरिएको छ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार गृह मातहतका कर्मचारीमध्ये झण्डैझण्डै आधाजसोमा कोरोना संक्रमण देखिएपछि फ्रन्टलाइनका सेवा बन्द गरिएका छन्। ‘भिडभाड हुने सेवा बन्द भएका छन्। अत्यावश्यकीय सेवा भने रोकेका छैनाैं,’ पोखरेलले भने। जिल्ला प्रशासन कार्यालय काठमाडौंका धेरैजसो कर्मचारीमा कोरोना संक्रमण देखिएपछि शुक्रबार र आइतबार गृह मन्त्रालयका कर्मचारीलाई पठाएर काम सम्पादन गरिएको मन्त्रालयका एक उपसचिवले बताए। उनले भने, ‘हामीसँग झण्डै एकचौथाइ कर्मचारी अभाव छ। त्यसमा पनि आधाजसो कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। झण्डै एकचौथाइ कर्मचारी कोरोनाको लक्षण देखिएको भन्दै कार्यालय आउन मानेका छैनन्। यस्तो अवस्थामा भएका कर्मचारीबाट जसोतसो काम गरिरहेका छांै।’

भूमि व्यवस्थापन विभाग र नापी विभागले पनि धेरैजसो ठाउँमा जग्गा प्रशासन, खरिद–बिक्री, नक्सा प्रिन्ट जस्ता सेवा बन्द गरेका छन्। ‘कर्मचारीमा कोरणा संक्रमण देखिएको कार्यालयमा स्थानीय प्रशासनसँग समन्वय गरेर भिडभाड हुने सेवा स्थगन गरेका छौं,’ विभागका महानिर्देशक प्रकाश जोशीले भने, ‘यसबारेमा निर्णय गर्न सम्बन्धित कार्यालयका कार्यालय प्रमुखलाई जिम्मा दिएका छौं।’यसैगरी, भूमि व्यवस्थापन विभागका महानिर्देशक पिताम्बर घिमिरेले कर्मचारीमा कोरोना संक्रमण देखिएमा सम्बन्धित कार्यालयका कार्यालय प्रमुखले स्थानीय प्रशासनसँग समन्वय गरेर सेवा बन्द गर्ने गरेको बताए।

अहिले अधिकांश सरकारी कार्यालयमा आधाजसो कर्मचारी संक्रमित अवस्थामा छन्। जसको कारण धेरैजसो सरकारी कार्यालयहरू सुनसान झैं देखिएका छन्। यसैगरी लोकसेवा आयोगले शुक्रबार विज्ञप्ति निकाली कोरोना संक्रमणको कारण माघ ११ देखि माघ मसान्तसम्म पूर्वनिर्धारित सबै लिखित परीक्षा स्थगित गरिएको जनाएको छ। यता प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार कोरोना संक्रमणको कारण सुनसान झैं देखिएको छ। त्यहाँ कार्यरत करिब ५ हजार कर्मचारीमध्ये ४० प्रतिशत कर्मचारीमा कोरोना संक्रमण देखिएको संघीय मामिला मन्त्रालयका अधिकारीहरूको अनुमान छ।

उनीहरूका अनुसार कोरोना संक्रमण पुष्टि नभए पनि केही कर्मचारी कोरोनाको लक्षण देखियो भन्दै कार्यालय आउन डराएका छन्। सरकारले यातायात साधनमा जोरबिजोर प्रणाली लागु गरेको छ। यसबाट र्सावजनिक सेवा प्रयोग गरेर कार्यालयमा जाने सरकारी कर्मचारीहरू प्रभावित भएको संघीय मामिला मन्त्रालयका एक कर्र्मचारीले बताए। नागरिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबिच छलफल
२०८२ श्रावण ४, आइतबार
तेस्रो ताप्लेजुङ गोल्डकप फुटबलमा भारतसहित आठ टोलीको सहभागिता
२०८२ श्रावण ४, आइतबार
पूर्वमधेस प्रदेश प्रमुख ‘अहिराज’ बालिका बलात्कार अभियोगमा काठमाडौंबाट पक्राउ
२०८२ श्रावण ४, आइतबार
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार