श्रावण ४, २०८२ आइतबार July 20, 2025

वैशाखमै स्थानीय निर्वाचन गर्न देउवामाथि दबाब

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली कांग्रेसको संस्थापन इतर समूहले वैशाखमै स्थानीय तहको निर्वाचन हुनुपर्ने निष्कर्ष निकालेको छ । इतर समूहको सोमबार बसेको भर्चुअल बैठकले स्थानीय तहको निर्वाचन कुनै पनि वाहनामा सार्न वा धकेल्न नपाइने निष्कर्ष निकाल्दै वैशाखमा नै निर्वाचन हुनुपर्ने भनेको हो ।

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भने सत्ता गठबन्धनका तर्फबाट आइतबार स्थानीय तहको निर्वाचनका सम्बन्धमा कानुन व्यवसायीसँग छलफल गरेका थिए । सो छलफलमा कानुन व्यवसायीले संविधान र स्थानीय तह निर्वाचनसम्बन्धी कानुन बाझिएको भन्दै स्थानीय तह निर्वाचन धकेल्नेगरी निर्वाचन कानुन संशोधन गर्न सरकार आबद्ध सत्ता गठबन्धनलाई सुझाएका थिए ।

तर, प्रमुख सत्तारूढ कांग्रेसको डा. शेखर कोइरालाले नेतृत्व गरेको संस्थापन इतर पक्षले भने निर्वाचनजस्तो विषयमा पार्टीभित्र कुनै छलफल नगरी सभापति देउवाले एकलौटी रूपमा निर्णय गर्न नपाउने भन्दै वैशाखमा नै स्थानीय तह निर्वाचन हुनुपर्ने भनेको हो ।

बैठकमा सहभागी नेता अर्जुननरसिंह केसीले निर्वाचन जस्तो महŒवपूर्ण विषयमा पार्टीभित्र कुनै पनि छलफल नै नगरी सभापति एकलौटी ढंगबाट अघि बढेको र वैशाखमा नै स्थानीय तह निर्वाचन हुनुपर्ने निष्कर्ष बैठकको रहेको बताए ।राजधानी दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबिच छलफल
२०८२ श्रावण ४, आइतबार
तेस्रो ताप्लेजुङ गोल्डकप फुटबलमा भारतसहित आठ टोलीको सहभागिता
२०८२ श्रावण ४, आइतबार
पूर्वमधेस प्रदेश प्रमुख ‘अहिराज’ बालिका बलात्कार अभियोगमा काठमाडौंबाट पक्राउ
२०८२ श्रावण ४, आइतबार
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार