श्रावण ४, २०८२ आइतबार July 20, 2025

पूर्व र बहालवाला उपकुलपतिद्वारा सरकारी कदमको विरोध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन ऐन र नियमावलीविपरीत सरकारको निर्णयको १ जना बहालवाला र ७ जना पूर्वउपकुलपतिले विरोध गरेका छन् ।

गत पुस ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले अघिल्लो सरकारले नियुक्त गरेका उपकुलपति ज्ञानेन्द्र गिरीसहित शिक्षाध्यक्ष गुरु खनाल, रजिस्टार र अस्पताल निर्देशक गौरी साहलगायतलाई काम गर्नबाट रोकेको छ । सरकारको सो कार्यविरुद्ध बहालबाला तथा पूर्वउपकुलपतिले मंगलबार विज्ञप्ति जारी गर्दै विरोध गरेका हुन् ।

सोही दिन सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको प्रमुख विशेषज्ञ टोलीले अस्पताल सञ्चालन तथा प्रतिष्ठानको दैनिक काम गर्ने निर्णय गरेको थियो ।

सरकारलाई विधिको शासन, प्राज्ञिक स्वायत्तता र स्वतन्त्रता रक्षाका लागि मन्त्रिपरिषद्को उक्त निर्णय फिर्ता लिन उपकुलपतिले आग्रह गरेका छन् ।

यसरी विज्ञप्ति जारी गर्नेमा मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरका प्राडा रामकेवल साह, पूर्वउपकुलपतिहरू प्राडा भरतकुमार यादव, तोरणबहादुर कार्की, प्राडा उपेन्द्रकुमार कोइराला, प्राडा गणेशबहादुर गुरुङ, प्राडा कुलप्रसाद कोइराला, प्राडा कैलाशनाथ प्याकुरेल र प्रा. चिरञ्जीवी शर्मा छन् । सरकारको यो निर्णयविरुद्ध प्राडा गीरीले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । राजधानी 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबिच छलफल
२०८२ श्रावण ४, आइतबार
तेस्रो ताप्लेजुङ गोल्डकप फुटबलमा भारतसहित आठ टोलीको सहभागिता
२०८२ श्रावण ४, आइतबार
पूर्वमधेस प्रदेश प्रमुख ‘अहिराज’ बालिका बलात्कार अभियोगमा काठमाडौंबाट पक्राउ
२०८२ श्रावण ४, आइतबार
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार