श्रावण ४, २०८२ आइतबार July 20, 2025

राष्ट्रियसभा निर्वाचन : मधेसमा एमालेलाई लोसपाले सघाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रिय सभा सदस्य निर्वाचनमा मधेस प्रदेशमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले सहकार्य गर्ने भएका छन् । एमाले र लोसपाबीचको यो सहकार्य राष्ट्रियसभा निर्वाचनका लागि मात्र नभई पछिसम्म पनि रहने सङ्केत देखिएको छ ।

केपी ओली प्रधानमन्त्री भएका बेला एमाले तथा तत्कालीन जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो पक्षबीच सम्बन्ध राम्रो थियो ।

ठाकुर र महतोले ओलीलाई सहयोग गरेको विषयलाई लिएर जसपामा विवाद भयो । जसपाका ठाकुर, महतो, शरत्सिंह भण्डारी, अनिल झालगायतका नेता पार्टी फुटाउन तर भए तर उनीहरू ओलीसँगको सम्बन्ध टुटाउन तयार भएनन् ।

जसपाबाट अलग भएर ठाकुर महतोलगायतले लोसपा गठन गरे । ओली प्रधानमन्त्रीबाट हटेपछि पनि ठाकुर महतोलगायतका नेताले उनीसँगको सम्बन्ध कायमै राखे ।

बेला बेलामा ओलीलाई भेट्न ठाकुर, महतोलगायत नेता बालकोट पुगिरहन्छन् । -नागरिक दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार