श्रावण ४, २०८२ आइतबार July 20, 2025

काभ्रेमा जनसंख्याभन्दा मतदाता धेरै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः काभ्रे जिल्लाको विकट मानिने चौंरीदेउराली, भुम्लु र तेमाल गाउँपालिकामा जनसंख्याभन्दा मतदाता धेरै भएको तथ्याङ्क सार्वजनिक भएको छ ।

अन्य केही पालिकामा जनसंख्या र मतदाताको संख्या झिनो अंकले फरक देखिएको छ । जनगणनामाथि प्रश्न उठिरहेका बेला जनगणनाको भन्दा र मतदाताको संख्या धेरै देखिएको हो ।

बुधबार सार्वजनिक भएको प्रारम्भिक नतिजाअनुसार तीनवटा पालिकामा कायम भएको जनसख्ंयाभन्दा धेरै जिल्ला निर्वाचन कार्यालय काभ्रेको मतदाता नामावलीमा १८ वर्ष पुगेका फोटोसहितको विवरणमा समावेश भएका नागरिकको संख्या धेरै देखिएको हो ।

चौंरीदेउराली गाउँपालिकामा २०७८ को जनसंख्यामा १४ हजार १ सय ६ रहेको छ । २०६८ मा २० हजार ८ सय ९२ रहेको थियो । २०७४ को निर्वाचनमा १४ हजार ५ सय ३९ मतदाता रहेका थिए । २०७८ पुस मसान्तसम्म जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्कमा फोटोसहितको नाम समावेश गर्ने १८ वर्षमाथिका १९ हजार ७ सय ५१ जना छन् । जनसंख्या र मतदाताबीचको अन्तर ५ हजार ६ सय ४५ रहेको छ ।

१८ वर्षमाथिका नागरिकको तथ्याङ्कमा यति धेरै फरक छ भने त्योभन्दा कम उमेरको जनसंख्याको हिसाब नै देखिँदैन । तथ्याङ्क कार्यालयले मतदाता र जनगणना फरक विषय भएकाले अक्सर बसोबासमा गणना भएको बताएको छ । नेपाल समाचारपत्र दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार