श्रावण ४, २०८२ आइतबार July 20, 2025

जसपामा तत्काल बैठक बोलाउन उपेन्द्र यादवलाई दवाब

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः जनता समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराई पक्षधर नेताहरूले तत्काल केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाउन अध्यक्ष उपेन्द्र यादवलाई दबाब दिएका छन्।

तत्काल बैठक नबोलाए दुर्घटना हुनसक्ने उनीहरूको चेतावनी छ। राष्ट्रियसभाको चुनाव सम्पन्न भइसकेको अवस्थामा अब तत्काल बैठक बोलाउनुबाहेक अर्को विकल्प नभएको उनीहरूको भनाइ छ। अध्यक्ष यादव भने तत्काल बैठक बोलाउने पक्षमा देखिएका छैनन्।

‘राष्ट्रियसभाको चुनाव सकिएलगत्तै बैठक बोलाउनुपर्छ भन्ने हाम्रो पहिलादेखिकै माग हो। चुनाव पनि सकिएको छ’, भट्टराई निकट नेता गंगानारायण श्रेष्ठले भने, ‘त्यसैले अध्यक्षज्यूले अब तुरुन्तै बैठक डाक्नुपर्छ।’ भट्टराईनिकट अर्का एक नेताले भने, ‘अध्यक्षज्यूले तत्काल बैठक बोलाउनुभएन भने पार्टीमा दुर्घटना हुन्छ। यो कुरा उहाँले बुझे हुन्छ।’ उनले आफ्नो नाम भने खुलाउन चाहेनन्।

भट्टराई पक्षधर नेताहरूले भट्टराईलाई कार्यकारी अधिकारसहित कार्यकारिणी समितिको अध्यक्ष तथा अशोक राईलाई संघीय परिषद्को अध्यक्ष बनाउन माग गरेका छन्। श्रेष्ठले भने, ‘हामी पार्टीमा सामूहिक र समावेशी नेतृत्व प्रणाली कायम होस् भन्ने चाहन्छौं।’ भट्टराई पक्षधर नेताहरूले भन्ने गरेको समावेशी नेतृत्व प्रणालीको अवधारणाअनुसार भट्टराई कार्यकारिणी समितिको पहिलो अध्यक्ष, उपेन्द्र यादव दोस्रो अध्यक्ष तथा संघीय परिषद्को अध्यक्षमा अशोक राईलाई मनोनयन गर्नुपर्छ भन्ने हो।

महन्थ ठाकुरले पार्टी छाडेपछि कार्यकारिणी समितिको पहिलो अध्यक्ष पद हाल खाली छ। त्यस पदमा भट्टराईलाई ल्याउनुपर्छ भन्ने उनी पक्षधर नेताहरूको भनाइ छ। जसपाको विधानमा कार्यकारिणी समितिमा दुई अध्यक्षको व्यवस्था गरिएको छ।

भट्टराईलाई महेन्द्र यादव, इस्तियाक राई, प्रदीप यादवलगायतले पनि साथ दिएका छन्। यसअघि यी नेताहरू यादवसँग नजिक थिए। यादव पक्षकै केही नेताले भट्टराईलाई साथ दिएपछि जसपाको कार्यकारिणी समितिमा अहिले भट्टराई पक्ष बहुमतमा रहेको उनी निकटका नेताहरूको दाबी छ। यादव पक्षधर नेताले भने जसपालाई एकल अध्यक्ष प्रणालीमा लैजानुपर्ने तर्क गरेका छन्। नागरिक दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार