श्रावण ४, २०८२ आइतबार July 20, 2025

वर्ष दिनसम्म पनि आउँदैन नतिजा, विद्यार्थी मर्कामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले परीक्षा लिएको वर्ष दिनसम्म पनि नतिजा प्रकाशन नगर्दा विद्यार्थी मर्कामा परेका छन् ।

सामान्यतया परीक्षा सकिएको तीन महिनाभित्र नतिजा सार्वजनिक गर्नुपर्ने त्रिविको नियम छ । तर, अधिकांश विषय तथा तहका परीक्षाको नतिजा सार्वजनिक गर्न त्रिविले छ महिनादेखि एक वर्षसम्म लगाउने गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालयको कमजोरीको परिणाम विद्यार्थीले भोगिरहेका छन् । यस्तो ढिलाइले विद्यार्थीमा मानसिक असर पर्ने गरेको छ । स्नातक तह दोस्रो वर्षको केही विषयको परीक्षा गत फागुनमा सञ्चालन भइरहँदा कोरोना सङ्क्रमण फैलिएपछि भदौमा सकिएको थियो ।
अहिले तेस्रो वर्षको परीक्षासमेत फागुनको पहिलो साता सार्वजनिक गर्न पनिकाले तालिका सार्वजनिक गरिसकेको छ तर अघिल्लो वर्षकै नतिजा नआउँदा आफूहरूलाई तनाव भएको विद्यार्थीको गुनासो छ ।

स्नातक तह पहिलो वर्षका परीक्षार्थीको पनि फागुनको पहिलो साताबाटै परीक्षाको मिति तय गरिएको छ तर अघिल्लो वर्षको परीक्षाको नतिजा अहिलेसम्म सार्वजनिक भएको छैन । परीक्षा नियन्त्रक पुष्पराज जोशीले नतिजा सार्वजनिक गर्न जनशक्ति अभाव रहेकाले नतिजा सार्वजनिक गर्न ढिलो भएको बताए । कार्यालयमा हाल रहेका कर्मचारीमध्ये सबै कर्मचारी सूचना प्रविधिमा अभ्यस्त नहुँदा झन् समस्या हुने गरेको त्रिविले बताउँदै आएको छ ।

जोशीका अनुसार परीक्षा नियन्त्रण कार्यालय (पनिका)मा कुनै बेला २२४ जना कर्मचारी कार्यरत थिए । विभिन्न शाखा मर्ज गरेर उक्त कर्मचारी दरबन्दी १८० जनामा झारिएको छ । तीमध्ये पनि अहिले १४१ जना मात्रै कार्यरत छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार