श्रावण ४, २०८२ आइतबार July 20, 2025

टेलिकमद्धारा एनसेल र स्मार्टको नम्बरमा कल तथा एसएमएस गर्दा लाग्ने शुल्कमा भारी कटौती

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल टेलिकमले आफ्नो मोबाइल तथा ल्यान्डलाइन फोनबाट अन्य कम्पनीहरूको नेटवर्कमा कल गर्दा लाग्ने शुल्क घटाएको छ । कम्पनीले नियामक नेपाल दूरसञ्चार प्राधिकरणले गरेको नयाँ व्यवस्थाअनुसार मङ्गलबारदेखि लागू हुनेगरि कलको दर परिमार्जन गरेको हो ।

जसअनुसार अब टेलिकमको नेटवर्कमा रहेका ग्राहकले एनसेल र स्मार्ट टेलिकमको मोबाइल नम्बरमा कल गर्दा लागू हुने शुल्क सस्तो भएको छ । टेलिकमले आफ्नो तारवाला फोनबाट अर्को सेवा प्रदायकको (एनसेल वा स्मार्ट टेलिकम) मोबाइलमा कल गर्दा प्रति मिनेट कर बाहेक एक रुपैयाँ १० पैसा मात्र लाग्नेछ ।

यसैगरी कम्पनीको जीएसएम, सीडीएमए र सी फोन पोस्टपेडबाट अर्को सेवाप्रदायकको नेटवर्कमा कल गर्दा प्रति मिनेट कर बाहेक एक रुपैयाँ ८ पैसा तथा कम्पनीको जीएसएम, सीडीएमए र सी फोन प्रिपेड सेवाबाट अर्को सेवा प्रदायकको नेटवर्कमा कल गर्दा प्रति मिनेट कर बाहेक एक रुपैयाँ ६२ पैसा मात्र लाग्नेछ ।

साथै, कम्पनीको जीएसएम तथा सीडीएमए सेवाको पोस्टपेड र प्रिपेडबाट अन्य सेवा प्रदायकको नेटवर्कमा एसएमएस पठाउँदा लाग्ने प्रति एसएमएस  कर बाहेक एक रुपैयाँ १० पैसा कायम हुनेछ ।

कुनै एउटा दूरसञ्चार सेवा प्रदायकका ग्राहकले अर्को दूरसञ्चार सेवा प्रदायकको नेटवर्कमा रहेका ग्राहकलाई टेलिफोन तथा एसएमएस गर्दा लागू हुने शुल्क (अन्तरआबद्धता शुल्क) घटाउन नियामक नेपाल दूरसञ्चार प्राधिकरणले अन्तरआबद्धता निर्देशिका  जारी गरेको थियो ।

सोही निर्देशिका अन्तर्गत कम्पनीले अन्तर्देशीय अन्तरआबद्धतामा उल्लेख गरिएको प्रावधान अनुसार कल तथा एसएमएसको शुल्क घटाएको हो ।

नेपाल टेलिकमका ग्राहकवर्गले अर्को सेवा प्रदायकको नेटवर्कमा रहेका ग्राहकलाई भ्वाइस कल गर्दा लागू गर्नुपर्ने महशुलदर प्राधिकरणबाट समेत स्वीकृत भइसकेको छ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार