श्रावण ४, २०८२ आइतबार July 20, 2025

नेपाल टेलिकमको ‘एनटी एनिभर्सरी अफर’, ९८ रुपैयाँमै ६ जीबी डेटा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सरकारी स्वामित्वकाे दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले यही माघ २२ गते आफ्नो १८औं वार्षिकोत्सव मनाउँदै छ । साे अवसरमा कम्पनीले ग्राहकलाई लक्षित गर्दै नयाँ अफर सञ्चालनमा ल्याएको छ ।

‘एनटी एनिभर्सरी अफर’ को रुपमा ल्याइएको यस योजना अन्तर्गत ग्राहकले २९४ रुपैयाँमा २० जीबी डेटा प्राप्त गर्ने भएका छन् । यो डेटा १० दिनसम्म प्रयोग गर्न सकिने छ ।

त्यस्तै ६ जीबी डेटा ९८ रुपैयाँमा खरिद गर्न सकिने भएको छ । जुन तीन दिनसम्म प्रयोग गर्न सकिने छ । यसका साथै हरेक दिन ६९ रुपैयाँमा १ एमबीपीएस गतिको अनलिमिटेड डेटा प्रयोग गर्न सकिने छ ।

टेलिकमका अनुसार यो योजना मंगलबारदेखि सुरु भएर आउँदो फागुन ३ गतेसम्म मात्रै कायम रहने छ । ग्राहकले यो प्याक *१४१५*११# डायल गरी अथवा नेपाल टेलिकमको मोबाइल एप ‘एनटी एप’ मार्फत पनि खरिद गर्न सकिने जनाइएको छ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार