श्रावण ४, २०८२ आइतबार July 20, 2025

‘रिजेक्ट’ र ‘अनुमोदन’ दुवै नहुने स्थितिमा एमसीसी !

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा निर्मित गठबन्धन सरकार चरम राजनीतिक सङ्कटमा परेको छ । २०६३ सालको परिवर्तनपश्चात गठित सरकारहरू स्वदेश र स्वदेशी भन्दा विदेश र विदेशीका माग र मुद्दाप्रति ज्यादा संवेदनशील रहने गरेको सन्दर्भमा देउवा नेतृत्वको वर्तमान सरकार पनि विदेशीकै मुद्दालाई लिएर सङ्कटमा परेको हो । अमेरिकी सरकारद्वारा उपलब्ध गराउन लागेको ५ सय मिलियन डलर बराबरको अनुदान सहयोग स्वीकार गर्ने या नगर्ने भन्ने विषयलाई लिएर विगत तीन वर्षदेखि उत्पन्न विवाद र तनाव अब उत्कर्षमा पुगेको छ । केपी ओली नेतृत्वको सरकार विस्थापित गर्न प्रचण्ड र माधवकुमार नेपालबाट ९ महिनाअघि निरन्तर प्रयास भइरहँदा शेरबहादुर देउवालाई उनीहरूले एमसीसी परियोजना संसद्बाट अनुमोदन गराउने बचन दिएका थिए ।

प्राप्त जानकारीअनुसार, अमेरिकाले अब नेपाली राजनीतिक दलका नेता र सरकारलाई एमसीसीको विषयलाई लिएर कुनै नयाँ ‘डेडलाइन’ दिने छैन । प्रधानमन्त्री शेरबहादुर देउवामार्फत फेब्रुअरी १ तारिखसम्मका लागि दिइएको समय नै अमेरिकी सरकारको तर्फबाट अन्तिम समय-सीमा हो । माघ १६ गते संसद् राखिएको थियो । फेब्रुअरी १ तारिखको समय-सीमा भएकोले जनवरी ३० (माघ १६) मै सरकारले एमसीसी संसद्मा पेश गरी प्रक्रियाको सुरुवात गर्ने अपेक्षा अमेरिकाले राखेको बुझिएको छ । संसद्मा दर्ता भएपछि प्रक्रिया सुरु हुन्छ र केही समय ढिलो भए पनि प्रक्रियामा गएपछि खासै फरक पर्ने पर्दैन भन्ने उनीहरूको बुझाइ थियो । तर माघ १६ गते राखिएको संसद्को बैठकलाई सभामुख अग्नि सापकोटाले २६ गतेलाई सारिदिए । तय भइसकेको बैठक यसरी सार्नुको एक मात्र कारण एमसीसीलाई रोक्नु नै भएको बुझिन्छ । सभामुख सापकोटा कुनै हालतमा एमसीसी संसद्मा दर्ता हुन नदिने पक्षमा छन् । यही विषयलाई लिएर प्रधानमन्त्री देउवा र सभामुखबीच सम्बन्ध चिस्सिएको बुझिएको छ । प्रधानमन्त्रीले सभामुखले निर्वाह गर्न नहुने भूमिका निर्वाह गरिरहेको भनी निकटवर्तीहरूलाई बताउँदै आउनुभएको छ । सभामुखको यो खेलले सत्तागठबन्धनलाई कहाँसम्म पुर्‍याउने हो यसै भन्न सक्ने अवस्था छैन ।

एमसीसीलाई लिएर अहिले नेपालका सबै कम्युनिष्ट पार्टीहरूको उस्तै सोच देखिएको छ, रिजेक्ट नगर्ने र अनुमोदन पनि नगर्ने । अमेरिका आफै फर्कियोस भन्ने चाहना कम्युनिष्टहरूले राखेका छन् । संसद्मा दर्ता नै नगर्ने रणनीति उनीहरूले अपनाइरहेका छन् । नेकपा एमालेले हिजो सत्तामा हुँदा एमसीसी आवश्यक छ भने पनि अहिले पारित होस भन्ने चाहँदैन । चुनावको मुखमा एमसीसी पारित गरे राष्ट्रवादी नारा दिन नमिल्ने र राष्ट्रवादको नारा नदिइ चुनाव जित्न नसक्ने अवस्था एमालेको छ । यही माघ २६ गते बस्ने संसद्मा एमसीसी छलफलका लागि दर्ता हुने सम्भावना झिनो छ । सभामुखले एमसीसीलाई कार्यसूचीमा नराख्ने लगभग निश्चित छ । २६ गते पनि प्रक्रिया सुरु नभएपछि अमेरिकाले आफै हात झिक्ने निश्चित मानिएको छ । अमेरिकी सरकारले सहयोग फिर्ता लानुअघिसम्म एमसीसी संशोधन गरेर पास गर्ने भनाइ राखिरहने नीति प्रचण्डले अख्तियार गरेका छन् । अमेरिका कुनै पनि बुँदामा संशोधन गर्ने पक्षमा छैन । गठबन्धन सरकारले एमसीसीका लागि बनाएको कार्यदलका तीन सदस्यमध्येका एक झलनाथ खनालले एमसीसीसम्बन्धी डकुमेन्ट अध्ययन गर्न तीन-चार महिना लाग्ने बताएका छन् । अहिले आएर उनको यस्तो भनाइबाट अमेरिकी अधिकारीहरू ‘इरिट्रेट’ भएको बुझिएको छ ।

एमसीसी सम्झौताअनुरुप संसद्मा हुनुपर्ने छलफल र बहस संसद्मा अनुमोदनको लागि दस्ताबेज दर्ता नै नभइ बाहिर बाहिरै विवादित बनेर फर्कने परिस्थिति बनेको छ । अहिलेको अवस्था हेर्दा अमेरिका अब ‘यिनीहरूले रिजेक्ट गरे पनि गरुन्, जे गर्छन् चाँडो गरुन्’ को अवस्थामा पुगेको छ भने दलहरू आफूले रिजेक्ट गरेको भन्ने नभइ अमेरिकाले नै फिर्ता लगेको भन्ने परिस्थिति बनोस् भन्ने चाहन्छन् । नेपालका राजनीतिजीवीहरूको चरित्रलाई हेर्दा अमेरिकाले फिर्ता लिएपछि नेताहरूले हामी एमसीसी पास गर्ने पक्षमा थियौँ, अमेरिका आफैले फिर्ता गर्न हतार ग¥यो भन्न सक्नेछन् । घटना र बिचार

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार