श्रावण ४, २०८२ आइतबार July 20, 2025

पाँच दिने अनलाइन फोटोशप तालिम हुँदैः २ सय रुपैयाँ तिरे पुग्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः पछिल्लो समय ग्राफिक्स डिजाइन तथा फोटोशपमा धेरैको रुचि बढेको छ । आकर्षक जागिर पाउन सकिनुका साथै यी विषयमा पोख्त व्यक्तिले स्वरोजगार बनी राम्रै आम्दानी गर्न सक्छन् ।

यसैलाई मध्यनजर गर्दै व्यवसायिक तालिम प्रदान गर्दैै आएको नेपाली संस्था नियोस्फेयरले समय-समयमा फोटाशप तथा ग्राफिक्स डिजाइनिङका विषयमा निःशुल्क कक्षा सञ्चालन गर्दै आएको छ ।

यसका लागि छुट्टै कोर्ष नै बनाएर संस्थाले तालिम दिने गरेकाे छ । यसैबीच नियोस्फेयरले एडाेबी फोटोशप सिक्न चाहनेका लागि यही माघ २४ गतेबाट पाँच दिने अनलाइन तालिम सञ्चालन गर्ने तयारी गरेकाे छ ।

साे तालिममा फोटोशपका महत्वपूर्ण टुल तथा त्यसको प्रयोगको विषयमा सहभागीलाई सिकाइने छ । जसमा पहिलो दिन फोटाशप तथा ग्राफिक्स डिजाइनिङको विषयमा जानकारी दिइनेछ ।

त्यस्तै दोस्रो दिन कलर करेक्सन, रुल अफ थर्ड लगायतको विषयमा जानकारी दिइनेछ । त्यस्तै तेस्रो दिन फन टुल र इफेक्ट टुलको विषय जानकारी दिइने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यसमा सहभागिताका लागि सीमित सिट तोकिएको छ । सहभागी हुन चाहनेले यहाँ क्लिक गरी आवश्यक जानकारी भरेर आवेदन दिन सक्नेछन् ।

यसपटकको अनलाइन कक्षाका लागि इच्छुकले प्रवेश शुल्कका रुपमा दुई सय रुपैयाँ मात्र बुझाउनुपर्ने छ ।

‘हामीले यसअघिका तालिममा सबै कुरामा निःशुल्क व्यवस्था गरेका थियौं । तर सहभागीको संख्या धेरै हुँदा तालिम सञ्चालनमा असहज भयो । साथै कक्षामा सहभागीहरु पनि अनियमित हुने अवस्था भयो । यसपाली फोटोशप सिक्न चाहनेहरु मात्रै तालिममा आउन् भनेर दुई सय रुपैयाँ प्रवेश शुल्क लिएका हौं । सहभागीलाई संस्थाको तर्फबाट शर्टिफिकेट समेत वितरण गर्नेछौं,’ फोटोशप प्रशिक्षक एवं नियोस्फेयरका सेन्टर हेड दिपेन्द्र ढकालले भने । – टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार