श्रावण ४, २०८२ आइतबार July 20, 2025

सत्ता गठबन्धनको निरन्तरताः बार कांग्रेसमा दुई धार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः पाँच दल आबद्ध सत्ता गठबन्धनको निरन्तरताबारे प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसभित्र दुई धार देखिएको छ । कांग्रेसको संस्थापन पक्ष र संस्थापन इतर पक्ष पाँच दल आबद्ध सत्ता गठबन्धनलाई आगामी तीनै तहका निर्वाचनमा निरन्तरता दिने वा गठबन्धन तोडेर जाने भन्ने विषयमा विभाजित बनेका हुन् ।

देउवा–पौडेल पक्षमा, शेखर–गगन विपक्षमा

सभापति शेरबहादुर देउवाले नेतृत्व गरेको संस्थापन समूह आगामी स्थानीय तहको निर्वाचन र त्यसपछिका प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमासमेत हालको सत्ता गठबन्धनलाई निरन्तरता दिँदै अघि बढ्नुपर्ने पक्षमा छ । देउवालाई नेता रामचन्द्र पौडेलले पनि गठबन्धनको निरन्तरताको विषयमा साथ दिँदै आइरहेका छन् ।

तर, इतर समूहको नेतृत्व गरेका डा. शेखर कोइराला समूह भने सत्ता गठबन्धनको निरन्तरता अब आवश्यक नरहेको निष्कर्षमा पुगेको छ । पछिल्लो समय स्थानीय तहको निर्वाचनका विषयमा गठबन्धन आबद्ध दलहरू अलमलमा परेपछि डा. कोइरालाले गठबन्धनको आवश्यकता अब नरहेको बताएका थिए । उनले आगामी निर्वाचनमा कांग्रेस एक्लै अघि बढ्नुपर्नेसमेत बताउँदै आइरहेका छन् ।

सो समूहबाट कांग्रेस महामन्त्रीमा निर्वाचित युवा नेता गगन थापासमेत आगामी निर्वाचनमा कांग्रेस कुनै दलसँग गठबन्धन गरेर नजाने र एक्लै भिड्ने बताउँदै आइरहेका छन् । तर, कांग्रेस नेता पौडेल भने विपक्षी दललाई सहयोग पु¥याउनेगरी पार्टीभित्रै गठबन्धनबारे विरोधका आवाज उठ्नु गलत भएको बताउँछन् ।

‘अहिले जसले हाम्रो पार्टीभित्र गठबन्धनको विरोध गरेका छन् उनीहरूले केपी ओली र एमालेलाई सहयोग पुर्याइरहेका छन्, यस्ता अभिव्यक्ति किन उठिरहेको छ, मलाई अचम्म लागेको छ, निर्वाचनमा कहाँकहाँ गठबन्धन गर्ने भन्ने विषयमा भने छलफल हुनुपर्छ,’ कांग्रेस नेता पौडेलले  भने । तर, प्रधानमन्त्रीसमेत रहेका देउवाले भने अमेरिकी सहयोग परियोजनाबारेमा समेत सत्तारूढ दलहरूबीच सहमति गरेरै गठबन्धनलाई अघि बढाउन चाहेका छन् । – राजधानी दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार