श्रावण ४, २०८२ आइतबार July 20, 2025

हिमपातका कारण कोल्टी क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः कालाजग्रास्थित टेलिफोन टावरमा विद्युत् आपूर्ति नहुँदा जिल्लाको पूर्वी उत्तरी भेगको चार स्थानीय तहमा तीन दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । हिमपातका कारण सोलारले काम गर्न छाडेपछि कोल्टी क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध भएको नेपाल टेलिकम बाजुराका सूचना अधिकारी मानबहादुर रोकायाले जानकारी दिनुभयो ।

सो क्षेत्रमा क्षेत्रमा पटक–पटक टेलिफोन सेवामा समस्यामा आउने गर्दछ । “सामान्य बादल लाग्नेबित्तिकै टावर गइहाल्छ, यसपटक तीन दिनसम्म लगातार हिमपात भएकाले टावर आउने कुरै रहेन”, कोल्टीका व्यापारी जनम धामीले भन्नुभयो । समस्या समाधानका लागि यहाँका स्थानीय तह र टेलिकमले ध्यान नदिएको स्थानीयवासीले आरोप लगाएका छन् ।

कोल्टी क्षेत्र सम्पर्कविहीन बनेपछि स्थानीयवासीको दैनिकीसमेत प्रभावित भएको छ । बडिमालिका नगरपालिका स्थित कालाजग्रमा रहेको टेलिकमको रिपिटर टावरले पनि हिमपातका कारण काम गर्न छाडेको छ ।

टेलिकमका सेवा अवरुद्ध भएपछि यहाँका सञ्चारमाध्यम तथा बैंकको सेवा अवरुद्ध हुन पुगेको नेपाल पत्रकार महासङ्घ बाजुराका अध्यक्ष छक्क मल्लले बताउनुभएको छ । हिमपातका कारण बाजुरालगायत समग्र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा पटक–पटक फोन र इन्टरनेट सेवा अवरुद्ध हुँदा यहाँका स्थानीयवासीलाई निकै सास्ती भएको छ ।

बाजुराको टेलिफोन मर्मतका लागि प्राविधिकको समस्या रहेको टेलिकम सुदूरपश्चिम प्रदेश प्रमुख नामाकरण न्यौपानेले बताउनुभयो । हवाई सेवा सुरु भए प्राविधिक पठाउने उहाँले जानकारी दिनुभयोे छ ।

हिमपात हुने बित्तिकै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा टेलिकमको टेलिफोन सेवा अबरुद्ध हुने गर्दछ । गत बिहीबारुको हिमपातले बाजुरा सहित अछाम र बझाङमा टेलिफोन सेवा अवरुद्ध रहेको जनाइएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार