श्रावण ४, २०८२ आइतबार July 20, 2025

निर्वाचन अघि नै एसईई, परीक्षा तालिका एक दुई दिनमै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा तालिका एक दुई दिनमै प्रकाशित गर्ने भएको छ । परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले परीक्षा तालिका सार्वजनिक गर्ने अन्तिम तयारी भइरहेको जानकारी दिँदै आज बुधबार वा भोलि बिहीबारभित्र तालिका सार्वजनिक हुने बताउनुभयो ।

रापबोर्डले स्थानीय तहको निर्वाचन घोषणा गरेलगत्तै परीक्षा तालिका सार्वजनिक गर्ने जनाएको थियो । सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेसँगै निर्वाचन आयोगले निर्वाचनको कार्यक्रम शुरू गरिसकेको छ । परीक्षा नियन्त्रक रायमाझीले भन्नुभयो– ‘रापबोर्डले वैशाख २० गतेभित्र परीक्षा सक्ने गरी तयारी थालेको छ ।’

बोर्डको अधिकारीका अनुसार निर्वाचन गराउन कर्मचारी खटिनुपर्ने भएकाले १० दिनअघि नै परीक्षा सक्ने गरी तालिका निकाल्ने तयारी भएको छ । उहाँका अनुसार वैशाखको ११ गतेभित्र परीक्षा शुरू गर्नेगरी तालिका तयारी भइरहेको छ । निर्वाचन आयोगले सबै सरकारी कर्मचारीलाई निर्वाचन अधिकृत वा अन्य कामका लागि खटाउने गरेको छ । परीक्षा नियन्त्रण कार्यालयले प्रश्नपत्र अनलाइनबाट पठाउने हो वा छापिएको प्रश्नपत्र तयार गर्ने हो भन्ने विषयमा छलफल शुरू गरेको छ । बोर्डले गत वर्ष कक्षा १२ को प्रश्नपत्र अनलाइनमार्फत पठाएको थियो । इन्टरनेटको सुविधा नभएका केही हिमाली जिल्लाका लागि मात्रै प्रश्नपत्र छपाइ गरिएको थियो ।

तर, पनिकाले गोप्यता कायम गर्न छापिएको प्रश्नपत्र पठाउनुपर्ने तर्क राखेको भए तापनि छपाइ गर्ने कि अनलाइनबाट पठाउने भन्ने विषय छलफलकै क्रममा रहेको परीक्षा नियन्त्रक रायमाझीले बताउनुभयो । बोर्डले यो वर्ष उत्तरपुस्तिका छपाइ र ढुवानी गर्ने जिम्मा प्रदेश सरकारलाई जिम्मा दिएको छ । सोही अनुसार उत्तरपुस्तिका छपाइ भइरहेको बोर्डको भनाइ छ ।नेपाल समाचार पत्र दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार