श्रावण ४, २०८२ आइतबार July 20, 2025

स्मार्ट टेलिकमको सिमकार्ड लिन अब कागजात बोक्नु नपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः अब स्मार्ट टेलिकमकाे कुनै पनि सेवा लिन कागजात बाेकेर हिँड्नुपर्ने अवस्थाको अन्त्य भएको छ । त्यसका लागि स्मार्ट टेलिकम र डिजिटल जियो एड्रेस सेवा प्रदान गर्दै आएका ‘ठेगाना सर्भिसेज’ बीच आइतबार सम्झौता भएको छ ।

सम्झौता पत्रमा स्मार्ट टेलिकमको तर्फबाट कस्टमर सर्भिस एण्ड एक्सपिरियन्स शाखाका प्रमुख एमी सक्सेना र ठेगानाका तर्फबाट अध्यक्ष तथा सीईओ विशाल केसीले हस्ताक्षर गरे ।

योसँगै स्मार्टका कुनै पनि आउटलेटमा पुगेर सेवा लिँदा केवाईसीका लागि आवश्यक पर्ने कागजतको स्थानमा क्यूआर स्क्यान गर्दामात्रै हुनेछ ।

त्यसका लागि ठेगानाले स्मार्टलाई सिस्टम उपलब्ध गराउने छ । उक्त सिस्टम उपलब्ध भएसँगै ठेगाना एपमा भरिएको प्रयोगकर्ताको जानकारीलाई नै सिस्टमले रिड गर्ने जनाइएको छ ।

यसका लागि प्रयोगकर्ताले ठेगानाको एपमा आफ्नो सम्पूर्ण जानकारी भर्न सक्नेछन् । सोही एपमार्फत स्मार्टका आउटलेटमा राखिएका क्यूआरमा स्क्यान गरेसँगै सिस्टमले आवश्यक जानकारी लिनेछ ।

त्यसैका आधारमा ग्राहकलाई बिना कुनै झन्झट सेवा उपलब्ध हुने दाबी गरिएकाे छ । ठेगाना सर्भिसेसले ठेगाना आईडी एपलाई प्रयोग गरी क्यूआर कोड मार्फत केवाईसी दर्ता गर्न लागेको नेपालमै पहिलो पटक हो ।

याे सेवा विस्तारै बैंक तथा अन्य टेलिकम सेवा प्रदायकमा समेत उपलब्ध गराइने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ठेगानामा राखिएका सम्पूर्ण जानकारीमा प्रयोगकर्ताकाे पूर्ण स्वामित्व रहने छ ।

यसको एपमा उपलब्ध गराइएको जानकारीमा कम्पनीकाे कुनै पहुँच नहुने र पूर्ण सुरक्षित पनि रहने जनाइएको छ । ठेगाना एप आईओएस तथा एन्ड्रोइड दुवै भर्सनमा उपलब्ध छ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबिच छलफल
२०८२ श्रावण ४, आइतबार
तेस्रो ताप्लेजुङ गोल्डकप फुटबलमा भारतसहित आठ टोलीको सहभागिता
२०८२ श्रावण ४, आइतबार
पूर्वमधेस प्रदेश प्रमुख ‘अहिराज’ बालिका बलात्कार अभियोगमा काठमाडौंबाट पक्राउ
२०८२ श्रावण ४, आइतबार
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार