श्रावण ४, २०८२ आइतबार July 20, 2025

युक्रेनमा दूरसञ्चार सेवा अवरूद्ध, बैंक र सरकारी वेबसाइटमाथि लगातार आक्रमण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः रुसले युक्रेनमाथि आक्रमण जारी राख्दा युक्रेनका धेरै ठाउँमा दूरसञ्चार सेवा अवरुद्ध भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार युक्रेनका दूरसञ्चार एवं इन्टरनेट सेवाप्रदायकले विभिन्न ठाउँमा समस्या भोगिरहेका छन् ।

इन्टरनेट सेवा प्रदायक ट्रिओलानले राजधानी सहर किभका केही भागसहित धेरै क्षेत्रमा समस्या भोगेको छ ।

‘कम्पनीका कर्मचारीहरूले यो कठिन समयमा नेटवर्कको सामान्य कार्यलाई कायम राख्न सक्दो प्रयास गरिरहेका छन्,’ कम्पनीले टेलिग्राम पोस्टमा भनेको छ ।

जर्जिया इन्स्टिच्युट अफ टेक्नोलोजीद्वारा सञ्चालित इन्टरनेट आउटेज मनिटरिङ ड्यासबोर्डले पनि युक्रेनका धेरै भागमा आंशिक आउटेज देखाएको छ ।

त्यस्तै इन्टरनेट विश्लेषकहरुले पनि युक्रेनको इन्टरनेट गम्भीर अवस्थामा पुगेको चेतावनी दिइरहेका छन् । यता भ्वाइस कलमा अवरोध हुँदा मानिसहरूले टेक्स्ट म्यासेज प्रयोग गर्नपर्ने अवस्था छ ।

युक्रेनी सरकारले बिहीबारमात्रै दूरसञ्चार अपरेटरहरूले आफ्नो नेटवर्कमा भारी कम्युनिकेसन लोडसँग संघर्ष गरिरहेको बताएको थियो ।

युक्रेनी साइबर सुरक्षा अधिकारीका अनुसार गत हप्तादेखि नै युक्रेनका सरकारी वेबसाइट, बैंक र डिजिटल सेवालाई निशाना बनाउँदै साइबर आक्रमण (डिनायल-अफ-सर्भिस अट्याक) भइरहेको छ । – टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबिच छलफल
२०८२ श्रावण ४, आइतबार
तेस्रो ताप्लेजुङ गोल्डकप फुटबलमा भारतसहित आठ टोलीको सहभागिता
२०८२ श्रावण ४, आइतबार
पूर्वमधेस प्रदेश प्रमुख ‘अहिराज’ बालिका बलात्कार अभियोगमा काठमाडौंबाट पक्राउ
२०८२ श्रावण ४, आइतबार
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार